फिदिम बजारको ठाडोसडक तिब्र गतिमा निर्माण हुँदै

पाँचथर । फिदिम बजारको ठाडोसडक तिब्ररुपमा निर्माण हुदै  गरेको छ । फिदिम नगर वडाध्यक्ष गजाधर भट्टराइले दिएको जानकारी अनुसार सडक निर्माणमा अहोरात्र युद्धस्तरमा र्निमाण हुन लागेको हो । बर्षौ देखि निर्माण हुन नसकेको बाटो पाँचथर फिदिम निवासी संघीय सरकारका भौतिकपुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको अगुवाईमा निर्माण हुन लागेको हो ।

यो सडक करिब तीन करोड ६० लाख लागतमा र्निमाण सम्पन्न हुने वडाअध्यक्ष गजाधर भट्टराइले जनाए । बजारको ठाडोलाइनको सडकलाई युद्धस्तरमा सञ्जीव र्निमाण सेवाले काम सक्ने भट्टराइले जनाए ।

निर्माणमा स्थानियबासी र सरोकारवालासँग समन्वय र सहजीकरण गरेर र्निमाण अघि बढेको वडाध्यक्ष भट्टराइको भनाइ छ । भट्टराईले भने, ‘वडाको बजार भित्रका शाखाबाटाहरु साना र ठुला निर्माणका योजना धमाधम बन्ने तयारीमा योजना बनिरहेको छ ।’

ठाडो लाइनको बन्दै गरेको सडक दायाबाँया ८ मिटर रहने जनाइएको छ । सडक रड बुनेर ढलाइ गरी सिपिल्याव, पक्की ढलान गरी र्निमाण हुने भएको हो । बजारको सिरान शिवालय मन्दिर देखि गणतन्त्र चोक सम्म ढलान हुने वडाध्यक्ष भट्टराइले जनाए ।

 फिदिम बजार बिस्तारमा फिदिम नगरपालिकाको  ठुलो भुमिका रहेको छ । यो ठाडो बाटो संघीय सरकारको सहरीविकास मन्त्रालयको नया सहरको बजेटबाट निर्माण गराउदै गरेको जनाइएको छ । निर्माण भइरहेको बजारको बाटोमा आवतजावतमा कठीन भइरहेको छ । र्निमाण पुस देखि सुरु गरिएको हो । आगामि असार मसान्तसम्मा निर्माण सम्पन्न हुने वडाध्यक्ष भट्टराइले जानकारी दिए ।

वडाअध्यक्ष भट्टराइ निर्माणाधिन स्थलमा अहोरात्र खटिरहेको पाइन्छ । त्यस्तै मेची सडक बजार भित्र १६ मिटरको कालोपत्रे बन्नलाइ बजारका घरहरु धमाधम भत्काउदै र निर्माण हुदै गरेका  छन । संघीय सरकारको यातायात तथा पुर्वाधार बिकास अन्तर्गत १४ करोडमा कालोपत्रे बन्न लागेको हो । निमाणाधिन बाटोलाइ इलाम डिभिजन सडकले स्तरोन्नती बाटो चौडा गरी  १६ मिटरको बाटो बनाउने भएको हो । कालोपत्रे बनेपछि फिदिम नगरको सुन्दर बजार, फराकिलो बाटो साथै ट्राफिक जामको अन्त्यहुने बजारवासिले अपेक्षा गरेका छन ।

प्रतिक्रिया