चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि सङ्कायका सहायक डीन विष्णुराज ओझाको निधन भएको छ । उनको आज बिहान ३ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो ।
ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो । अस्पताल भर्ना भएपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण निको भइसकेपछि ओझाको फोक्सोमा समस्या देखिएको थियो ।
विसं २०१९ फागुन १८ गते लमजुङको दुराडाँडामा जन्मिएका ओझाले २०४८ सालमा सहायक प्राध्यापकको रुपमा कृषि क्याम्पस पक्लिहवाबाट सेवा प्रारम्भ गरेका थिए । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।
ओझाको अन्तिम संस्कार आज देवघाटमा गरिएको छ । उनलाई नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको झण्डा ओडाएका थिए ।
प्रतिक्रिया