सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शान्तिमान कार्कीमाथि बन्द आव्हानकर्ताको समूहले हातपात गरेको छ । आज कमलामाई नगरपालिका–६ शान्तिनगर चोकमा नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य कमलजंग राईको नेतृत्वमा रहेको समूहले कार्कीमाथि हातपात गरेका हो । बन्दको बेला सवारी साधनमा हिँडेको भन्दै कुटपिट गरेको नेकपा केपी समुहका युवा नेता अरुण लामाले बताए ।
कार्कीलाई हातपात गरेपछि सत्तारूढ दल नेकपा ओली समूहका कार्यकताले दोषीलाई कारबाही गर्ने माग गरेका छन् । यस्तै ‘बन्द हड्ताल गर्न पाइँदैन, बाटो छेक्न पाइँदैन, मान्छे पिट्न पाइँदैन, अपराधीलाई कारबाही गर’ भन्ने नारा लगाई दोषीलाई कारबाही गर्न माग गरेका थिए ।
प्रदेशसभा संसाद प्रदीप कटुवालको टोलीले दोषीलाई कारबाही गर्ने माग गदै जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेसँग छलफल गरेका छन् । प्रमुख पाण्डेसँगको छलफल गोप्य रहेको भन्दै प्रत्रकारलाई छलफलमा जान रोक लगाइएको थियो ।
प्रतिक्रिया