पेसागत हितका लागि एक हुन जोड

विराटनगर । पेसागत हकहितका लागि सबै ट्रेड युुनियनकर्मी एक हुुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन । श्रमिकहरूको सेवा सुुविधा तथा पेशागत सुुरक्षाका लागि सोहीअनुुसार ऐनकानुुन बन्नुुपर्नेमा उनीहरूले जोड दिएका छन् । विराटनगरमा शनिबार आयोजित नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध स्थानीयतह कर्मचारी युुनियनको प्रथम जिल्ला अधिवेशनको उद्घाटन समारोहमा वक्ताहरूले सो कुुरामा जोड दिएका हुुन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले ट्रेड युुनियनकर्मीका कारण मुुलुुकमा लोकतन्त्र स्थापना भएको बताए । उनले नेपाली कांग्रेसले ७० वर्ष संर्घष गरेर स्थापना गरेको राजनीतिक संरचना अहिले भत्काउन खोजिँदै गरेकाले त्यसपतर्फ ट्रेड युुनियनकर्मी सचेत हुुनुुपर्ने बताए ।

नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुुर लिम्बुले श्रमिकहरूको सेवा, सुुविधा र अधिकारका लागि कांग्रेस गम्भीर रहेको बताए । नेपाल ट्रेड युुनियन कांग्रेस राष्ट्रिय समितिका उपमहासचिव ज्योति कोइरालाले श्रमिकहरूको पञ्जीकरण नहँुुदा उनीहरूले आप्mनो अधिकारबाट वञ्चित रहेको उल्लेख गरे ।

नेपाल ट्रेड युुनियन कांग्रेस प्रदेश–१ का अध्यक्ष नारायणबाबुु कार्कीले विभेदपूर्ण नीतिका कारण समान रूपमा श्रमिकको हकअधिकार स्थापित हुुन नसकेको उल्लेख गरे । ट्रेड युुनियन कांग्रेस मोरङका सभापति सुुशील कोइराला, सुुन्दर हरैचा नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत गोपाल रेग्मी तथा नेपाल विद्यार्थी संघका पूुर्वसहमहामन्त्री कृष्ण कार्कीले ट्रेड युुनियनकर्मीको हकहितका पक्षमा बोलेका थिए ।

सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने ट्रेड युुनियन कांग्रेसका सभापति सुुशील कोइरालाले बताए । मोरङको १७ वटा स्थानीयतह मध्ये ६ वटा स्थानीयतहमा स्थानीयतह कर्मचारी युुनियन गठन भएको छ ।

प्रतिक्रिया