काठमाडौं, ११ भदौ । पर्यटन तथा नागरिक उड्ययन मन्त्री पोष्टबहादुर बोगटीले पोखरा क्षेत्रीय विमानस्थाल निर्माणका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
उनले आन्दोलनकारीहरुलाई वार्ताका लागि आब्हान पनि गरेका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले बार्ताका लागि काठमाडौं आन्दोलन गरिरहेका लाई आग्रह समेत गरे ।
उनले भने, ‘भदौ–१५ गते अघिनै समस्या समाधान गर्न लागेको छु ।’
आयोजना निर्माणलाई पारदर्शि बनाउने नाममा कामलाई भताभुंग बनाउ नहुने उनको आग्रह थियो ।
उता, कांग्रेस, एमालेलगायतका दलका नेताहरुले भने विमानस्थल बनाउने नाममा आर्थिक चलखेल भएको आरोप लगाए ।
कांग्रेस नेता दीपकुमार उपाध्यायले पोखरा क्षेत्रीय विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णयमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाए । उनले चलखेलमा नेपालस्थित चिनियाँ राजदुतावास नै संलग्न रहेको बताए ।
एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले लागत अनुमान भन्दा १२ अर्ब बढीमा विमानस्थल बनाउन खोज्नुले ब्यापक आर्थिक चलखेलको आशंका बढेको दावी गरे ।
उनले विमानस्थल निर्माण गर्ने नाममा अरबौ रुपियाँको अनियमितता गरेर नेपाली जनताको टाउकोमा ऋणको भारी बोकाउन नहुने बताए ।
क्षेत्रीय विमानस्थल बनाउन माग गरेर स्थानीय आन्दोलनमा उत्रिएका समयमा आर्थिक पारदर्शिताका विषयमा प्रश्न उठेको हो ।
प्रतिक्रिया