कोरोना परीक्षण गर्दा नेपाली नागरिकता चाहिने

काठमाडौं । कोरोना परीक्षण गर्दा नतिजा नछुट्टिएमा सबै प्रयोगशालालाई पोजेटिभ रिपोर्ट भनेर दिन स्वास्थ्य तथा मन्त्रालयले निर्देशन दिएको छ । पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ वा नेगेटिभ भनेर नछुट्टिएको खण्डमा (इनकन्क्लुसिभ) पोजिटिभ रिपोर्ट दिन स्वास्थ्य मन्त्रालयका प्रक्वता प्रा.डा. जागेश्वर गौतमले बताए ।

प्रयोगशालाहरुले कोरोना परीक्षणको रिपोर्ट दिँदा सबैलाई पोजेटिभ वा नेगेटिभ भनेर दिएको पाइएको प्रा.डा. गौमतले उनले बताए । अब कोरोना परीक्षण गर्ने सबै प्रयोगशालाहरुले अनिवार्य रुपमा आन्तरिक रुपमा नीति बनाएर परीक्षण गर्न समेत उनले निर्देशन दिए ।

विदेश जानेहरुले कोरोना परीक्षण गर्दा ‘ए’ लेबलका प्रयोगशालामा मात्रै कोरोना परीक्षण गरेर जान पाउने भएका छन् । कोरोना परीक्षण गरेर विदेश जानेहरुको रिपोर्ट स्वास्थ्य मन्त्रालय, नागरिक उड्डयन मन्त्रालय र कोभिड—१९ संकट व्यवस्थापन केन्द्रलाई जानकारी दिनपर्ने भएको छ ।

त्यस्तै,कोरोना परीक्षणका लागि नमूना दिने व्यक्तिहरुले नेपाल सरकारबाट जारी गरिएको परिचयपत्र अनिवार्य रुपमा देखाएर मात्रै परीक्षण गर्न पाउने जनाइएको छ । विदेशबाट स्थलमार्ग वा हवाईमार्ग हुँदै नेपाल प्रवेश गर्ने सबैले अनिर्वाय रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नपर्ने नियम लागू गरिएको प्रा.डा.गौतमले बताए । १४ दिन क्वारेन्टिनमा बस्दा संक्रमणको लक्षण देखिएमा मात्रै कोरोना परीक्षण गर्नसमेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया