स्थानीय तहले दिएको राहत नातागोतालाई

कालिकोट । दशैँ तिहार तथा छठ पर्व नजिकियसँगै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले कालिकोटका बाढी पीडितलाई खाद्यान्न राहत वितरणमा ब्यस्त छन् । सोमबार एक भब्य कार्यक्रमकाबीच राष्कोट नगरपालिका मुम्रा सिप्खाना र स्युनाका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ ।

सिप्खाना कोलिगाउँ स्कुलको प्राङ्गणमा उक्त राहत वितरण गरिएको हो । नेकपा भेरी कर्णाली ब्युरोको आर्थिक सहयोग र कालिकोट जिल्लाको प्राबिधिक र भौतिक सहयोगमा क र ख श्रेणिका बाढी पीडित जम्मा ३८ जनालाई वितरण गरिएको नेकपा जिल्ला सेक्रेटरीले बताएका छन् ।

क श्रेणिमा बाढी पहिरोमा परि ज्यान गुमाउँने मृतक र ख श्रेणीमा पूर्णरुपमा घर क्षति भएका व्यक्तिलाई मसिना चामल राहतस्वरुप वितरण गरिएको हो ।

उक्त राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै बिराटले स्थानीय जनप्रतिनिधी र गैर सरकारी संस्थाले वितरण गरेको राहत वास्तविक पीडितले नपाई उनका नातागोता पार्टी कार्यकर्ता र पावर वालासम्म मात्र पुगेकाले जनता अन्यायमा परेकोले आफ्नो पार्टीले वास्तविक पीडितको पहिचान गरि राहत वितरण गरेको बताए ।

उक्त कार्यक्रममा जिल्ला सेक्रेटरी क रणदिप जिल्ला सल्लाहकार समितिका संयोजक क समग्र आर्थिक विभाग सदस्य क निर्देशन युवा संगठन नेपालका अध्यक्ष क गोबिन्द्र बुढा लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

यसैगरी जिल्लाको एरिया न ४ पचाल झरनाको वडा न. १, २, ३ र ८ मा पनि राहत वितरण गरेको छ ।जिल्ला सेक्रेटरी रणदि को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २० जना बाढी पीडितहरुलाई राहत बितरण गरिएको एरिया ईन्चार्ज दिलमानले बताए ।

यसैगरी नरहरीनाथ लालु माल्कोट रुप्साका मृतक र बाढी पीडितहरुलाई जिल्ला सेक्रेटरी रणदिपको उपस्थितीमा ३२ जनालाई राहत वितरण गरिएको लालु गाँउ सेक्रेटरी धनराज बिकले जानकारी दिए । ग श्रेणीका बाढी पीडितहरुलाई दोस्रो चरणमा वितरण गरिने नेकपा कालिकोट श्रोतले बताएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया