प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बिहीबार कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५÷७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।

२०६४ सालमा दर्ता भएको कम्पनीले २०७४ मंसिर २८ देखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आएको छ । कम्पनीको संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन् ।

प्रतिक्रिया