मरिष्का अभिनित ‘यारा’ को ट्रेलर

काठमाडौं । बलिउड चलचित्र ‘यारा’ को ट्रेलर सार्वजनिक भएको छ । नेपाली अभिनेत्री मरिष्का पोखरेल अभिनित उक्त चलचित्र नेपालमा समेत छायाङ्कन गरिएको थियो । सार्वजनिक चलचित्रको ट्रेलरमा भक्तपुर दरबार क्षेत्रका दृश्य देखाइएको छ । ३० जुलाईमा जी ५ बाट रिलिज हुने यो चलचित्रमा मरिष्कासँगै विदयुत जामवाल लगायतका कलाकारको अभिनय छ ।

अभिनेत्री मरिष्काले आफू अभिनित पहिलो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा खुसी व्यक्त गरेकी छन् । उनले आफू विगत ५ वर्षदेखि यो क्षणको प्रतिक्षामा रहेको लेखेकी छन् । उनले आमाको अनुरोधमा अडिसन दिँदै छानिएको पल आफ्ना लागि सबैभन्दा खुसीको क्षण रहेको जनाएकी छन ।

प्रतिक्रिया