काठमाडौं । पछिल्ला १० दिनमध्ये मंगलबार कोभिड–१९ को संक्रमितको सख्या केही घटेको छ । दैनिक पाँच सयको हाराहारीमा भेटिदै आएका संक्रमित मंगलबार भने ३१६ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा २४५ पुरुष र ७१ महिलामा संक्रमण देखिएको बताए ।
नयाँ संक्रमितसँगै संक्रमितको सख्या १३ हजार ५६४ पुगेको छ । तीमध्ये पुरुष ११ हजार ९०७ र महिला एक हजार ६५७ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा गौतमले ५०० भन्दा बढी संक्रमित हुने जिल्ला सात वटा रहेको बताए । उनका अनुसार महोत्तरी, रौतहट, सर्लाही, कपिलवस्तु, दाङ, दैलेख र कैलाली रहेका छन् ।
यसैगरी विगत २४ घण्टामा ६० जना कोभिड १९ मुक्त भएका छन् । तीमध्ये नौ महिला र ५१ पुरुष रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको सख्या तीन हजार १९४ पुगेको छन् । तीमध्ये महिला २७७ र पुरुष दुई हजार ९१७ रहेका छन् ।
प्रतिक्रिया