काठमाडौं । नेपालका ७७ वटै जिल्लामा कोरोनाभाइरस(कोभिड–१९)का संक्रमित भेटिएका छन् । एकमात्र बाँकी रहेको रसुवामा शनिवार ९ जनामा संक्रमण भेटिएपछि सबै जिल्लामा संक्रमित भेटिएको हो । रसुवामा आठ महिला र एक पुरुषमा संक्रमण भेटिएको छ ।
मन्त्रालयकाअनुसार रसुवाका भेटिएका संक्रमित ९ जना मध्ये सात जना महिला केही दिन अघि कुवेतबाट स्वदेश फर्किएका हुन् । एक जना महिला र एक पुरुष पनि भारतबाट स्वदेश फर्किएका हुन् । उनिहरुको स्वाब संकलन गरी जाँचका लागि पठाइएको थियो । कोरोना संक्रमण देखिएकाहरु १९ देखि २८ वर्षका छन् । कुबेतबाट आएकाहरु १५ दिनदेखि र भारतबाट आएकाहरु १० दिनदेखि क्वारेन्टाइनमा बसिरहेका छन् ।
शनिवार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा पछिल्लो समय दैनिक ५ सय भन्दा बढि संक्रमित फेला परिरहेका छन् । जसमा युवा समुहको बाहुल्यता रहेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १२० महिला र ४३४ पुरुष गरी कूल ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै संक्रमितको सख्या १२ हजार ३०९ पुगेको छ ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये १८ महिला र ११८ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको सख्या दुई हजार ८३४ पुगेको छ ।
पछिल्लो २४ घन्टामा मुलुकको २२ वटा प्रयोगशालामा पीसीआर विधिबाट चार हजार ६०६ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा तीन हजार ६८५ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार ६५ हजार ७१२ जना क्वारेन्टिनमा र नौ हजार ४४७ जना आइसोलेशनमा रहेका छन् ।
थप एकको मृत्यु
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–७ का एक ५० वर्षीय पुरुष रहेको बताइएको छ । उनी फोक्सोको क्यान्सरको बिरामी थिए । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या २८ पुगेको छ ।
मन्त्रालयले कोरोनाको औषधि भनेर विभिन्न निहित स्वार्थ समुहले भ्रम फैलाईरहेको भन्दै त्यस्ता कार्यको पछाडी नलाग्न आग्रह गरेको छ । प्रवक्ता गौतमले ‘भाइरस रिमुभिङ कार्ड’ पत्ता लागेको र त्यसलाई घाँटीमा झुन्ड्याएमा कोरोना निको हुन्छ भनेर अनावश्यक भ्रम फैलाएको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको जानकारी दिदै त्यसले स्वास्थ्यमा प्रतिकुल असर पार्ने बताए । नुभयो ।
प्रतिक्रिया