गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशका चार जिल्लामा शुक्रबार बिहान थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योससँगै गण्डकीमा संक्रमितको संख्या ७९२ पुगेको छ।

कोरोना नियन्त्रण तथा रोकथाम गण्डकी प्रदेशका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले शुक्रवार बिहान विज्ञप्ति जारी गर्दै तनहुँ, स्याङ्जा, बाग्लुङ र नवलपरासीमा २५ जना संक्रमित थपिएको पुष्टि गरेका हुन्।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ४९ र ३० वर्षीय दुई पुरुष, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय एक पुरुष र बाग्लुङको बरेङ गाउँपालिकाका २३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो।

यसै गरी भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाका ५३, ३४, २३, ३५, ५२, ५२ र २५ वर्ष उमेरका सातजना पुरुष तथा कावासोती नगरपालिकाका २४, २४, ३०, ३३, ३०, ३५, २२, १८, २९, ५८, ३५ र १८ वर्षका १२ जना पुरुष तथा ३७ र २५ वर्ष उमेरका दुईजना महिलामा पनि कोरोना संक्रमण देखिएको हो। सम्बन्धित जिल्लाका क्वारेनटाइनमा रहेका उनीहरूलाई आइसोलेसनमा सार्ने तयारी भइरहेको पनि निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया