पाल्पाका थप ९३ जनामा कोरोना पुष्टि

काठमाडौं । पाल्पाका विभिन्न ठाउँका थप ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुरमा रहेको कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा पाल्पा जिल्लाबाट ल्याइएका ९३ जनाको स्वाबमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालले बिहीवार बिहान दिएको जानकारी अनुसार पाल्पाबाट ल्याइएका २३४ नमुना मध्ये बुधबार गरिएको परीक्षणमा ठूलो संख्यामा पोजेटिभ देखिएको हो। उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेको अस्पतालले जनाएको छ।

यस बाहेक भरतपुरका विभिन्न अस्पतालबाट संकलित अन्य ६३ जनाको स्वाबको नतिजा भने विहिबार बिहान नेगेटिभ आएको छ। भरतपुर प्रयोगशालामा बुधबार २९७ जनाको स्वाब परिक्षण गरिएको थियो।

प्रतिक्रिया