कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २७ हजार नाघ्यो

कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या ४ लाख २७ हजार ६३० पुगेको छ ।

यस्तै विश्वभरमा संक्रमितको संख्या ७६ लाख ९० हजार ७८० पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा कोरोनाका कारण १९ जनाको ज्यान गइसकेको छ ।

गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । कोरोना भाइरस चीनमा करिब नियन्त्रणमा आइसके पनि विश्वका अन्य देशमा भने यो संक्रमण तिव्र गतिमा फैलिरहेको छ ।

कोरोना भाइरसको प्रभाव सबै भन्दा धेरै अमेरिकन देशमा देखिएको छ भने तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ । अमेरिकापछि सबैभन्दा धेरै ब्राजिल र क्रमशः रुस र भारतमा कोरोनाको संक्रमण फैलिएको छ । हाल ब्राजिल, मेक्सिको चिली, भारतलगायत देशमा कोरोनाको संक्रमण तिव्र गतिमा फैलिरहेको छ ।

लामो समयसम्म पनि सामाजिक दूरी कामय गर्दासमेत संक्रमण फैलिन नरोकिएपछि विश्वका अधिकांश देशले लकडाउन खुकुलो गर्दै गएका छन् । लकडाउन खुकुलो गरेपछि संक्रमण झन धेरै फैलिएको भन्दै यसमा पुनरविचार गर्न विश्व स्वास्थ्य संगठनले आग्रह गर्दै आएको छ ।

केही देशले खुकुलो बनाएको लकडाउनमा पुनः कडाइ गर्ने तयारी गरिरहेका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । अमेरिकामा पनि लकडाउन खुकुलो पारिएपछि संक्रमितको संख्या बढ्दै गएको बीबीसीले जनाएको छ । तर त्यहाँको अर्थ मन्त्रालयले कोरोना नियन्त्रणका नाममा अर्थतन्त्रमा सम्झौता गर्न नसकिने स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया