भरतपुर अस्पतालमा एक काेराेना संक्रमितको मृत्यु

काठमाडौं । चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचाररत रहेका ६८ वर्षीय एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका उनको मंगलबार बिहान मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु हो । मृतकको शव भरतपुर अस्पतालको आईसीयू कक्षमा नै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन ।

भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय संक्रमितलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्यासमेत थियो ।

प्रतिक्रिया