गोरखामा भेटिए १० कोरोना संक्रमित

काठमाडौं । गोरखामा पनि कोरोना भाइरका संक्रमित देखिएका छन् । आइतबार बिहान गण्डकी गाउँपालिकाकामा ९ र पालुङटार नगरपालिका बस्ने एक जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी गाउँपालिकाका संक्रमितहरु २० देखि ४३ वर्ष उमेर समूहका छन् भने पालुङटार नगरपालिकाका संक्रमित १७ वर्षीय युवक हुन् । उनीहरुमध्ये ९ जना क्वारेन्टिनमा नै थिए भने एक संक्रमित प्रहरी हिरासतमा थिए । उनीहरुको यही जेठ २० गते पीसीआर परीक्षणका लागि नमूना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो ।

गण्डकी गाउँपालिकाको रत्नेश्वर मावि दर्वुङ र भिमोदय आधारभूत विद्यालयको क्वारेन्टिनमा रहेका ४–४ जना र ज्ञानमार्ग माविको क्वारेन्टिनमा रहेका एक जनामा कारोना देखिएको बताइएको छ । उनीहरुमध्ये आठजना भारतबाट आएका हुन् ।

प्रतिक्रिया