काठमाडौं । झापाका एक व्यक्तिलाई कोरोना भाइरस संक्रमणको आशंकामा उपचारका लागि आज काठमाडौं सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस संक्रमणको आशंका गरिएको हो ।
उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौं सिफारिस गरेका छन् । ‘कोरोना भाइरस संक्रमण भएको आशंका चिकित्सकहरूले प्रारम्भिक जाँचपछि गर्नुभएको छ’, प्रजिअ रानाले भने, ‘उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल ल्याइएको छ ।’
प्रतिक्रिया