गाउँपालिका र नगरपालिकालाई १३ बुँदे सुझाव

रामेछाप । पछिल्लो समय अव्यवस्थित विकास निर्माण, बसाइँसराइ, औद्योगीकरण, सहरीकरण तथा सडकजस्ता पूर्वाधार विकासको कारण दिनानुदिन वातावरणमा असर देशैभरि सिर्जना हुन थालेको छ ।

सबैले बेलैमा ध्यान पुर्याएनन् भने वातावरणिय जोखिमको ठूलो सामना गनुपर्ने देखिन्छ । त्यसैले गाउँपालिका, नगरपालिकाहरूमा १३ बुँदे सुझाव दिइएको छ । वातावरण क्षेत्रमा काम गर्दै आएका माधव ढकालले उक्त निम्न सुझाव दिएका हुन् ।

१. पारिस्थिकिय प्रणालीको विगठनलाई रोक्नको लागि भूव्यवस्थापन प्रभाव क्षेत्रको संरक्षण भई रहेका जोखिम नियुक्त पारिस्थिकिय प्रणालीको पर्नस्थापना तथा विकास गर्ने,

२. सडक निर्माण तथा अन्य पूर्वधार निर्माण गर्दा वातावरणिय सवालहरूको संम्वोधन गर्दै समस्या तथा सवालहरूलाई विषेश ध्यान दिनुपर्ने,

३. विकास आयोजनाहरू निर्माण र सञ्चालन गर्नु पहिले प्रारम्भिक वातावरणिय परिक्षण (IEE) तथा वातावरणिय प्रभाव नियन्त्रण (EIA) अनिर्वाय रूपमा कार्यान्वयन गर्ने,

४. अनपादक विकासोन्मुख वन जंगलको संरक्षण रणनिति तयार गरि कार्यान्वयन गर्ने,

५. अतिक्रमिक वनस्पति जातिको वृद्धि ( Alien Invesive species) लाई नियन्त्रण गर्ने रणनिति तयार गर्ने खेतीवालीमा किटनाशक औषधिको प्रयोगमा न्यूनिकरणको लागि प्रभावकारी अनुगमन गर्दै वातावरण असर कम गर्ने

६. गाउँपालिका, नगरपालिका वडा भित्र रहेका वन जंगल संरक्षण र विकास योजना तर्जुमा र कार्यान्वयनमा सहयोग गर्ने,

७. अस्पताल जन्य अत्र्सजित फेहोरमैलाको प्रशोधन गरि व्यवस्थापन गर्ने,

८. औद्योगिक र बजार क्षेत्रबाट मानव र्सिजित फोहोर मैलाहरूको उचित व्यवस्था गरि मानव स्वास्थ्य र वातावरणमा पर्ने नकरात्मक असर कम गर्ने,

९. पलाष्टिकको मात्रा घटाई फोहोरलाई स्रोतमा छुट्याउने तथा ठूला प्रशोधन केन्द्रहरूको निर्माण गरि फोहोर व्यवस्थापनको लागि ल्याफिल्ड साइडको निर्माण गर्ने,

१०. ढलहरूको उचित व्यवस्थापन गर्ने,

११. खानेपानीको मुहान, पोखरी आहालहरूको संरक्षणमा लागि पर्ने,

१२. हरेक गाउँपालिका, नगरपालिकाहरूमा वातावरणणिय निति तथा रणनितीहरू बनाई कार्यनयन गर्ने,

१३. सार्वजानिक निजि तथा साझेदारी तालिका बाट वन जंगल संरक्षण फोहोरमैला व्यवस्थापन जनचेतनाहरू अभिवृद्धि गराई वातावरणिय समस्याहरूलाई कम गर्ने,

प्रतिक्रिया