दैलेख । जिल्ला अस्पताल दैलेखमा फिजियोथेरापी सेवा सुरु भएको छ । पछिल्लो समय जिल्लामा उपचारका लागि फिजियोथेरापी कहाँ पुग्ने बिरामीको संख्या बढेसँगै सेवा सुरु गरिएको हो । जिल्लामा पहिलोपटक फिजियोथेरापी सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । विशेषगरी नसा च्यापिएका, ढाड कम्मर, हड्डी लगायतको समस्या समाधानका लागि बिरामीहरू फिजियोथेरापी रोज्ने गरेका छन् ।
अस्पतालका प्रमुख डा।निरञ्जन पन्तका अनुसार फिजियोथेरापी सेवा सञ्चालन गर्न ह्यान्डी क्याप इन्टरनेसनलले १० लाख बराबरको सामग्री उपलब्ध गराएको छ । कर्णाली प्रदेश सरकारको बजेटबाट फिजियोथेरापिस्ट कर्मचारी राखिएको डा। पन्त बताए । आइतबार फिजियोथेरापीको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापा, नारायण नगरका प्रमुख रत्नबहादुर खड्का, अस्पताल विकास समितिका अध्यक्ष लोमन शर्मा लगायतले उद्घाटन गरेका छन् ।
जिल्ला अस्पताल दैलेखमा फिजियोथेरापी सेवा योगा, लागायतका १२ भन्दा बढी सेवा थपिएको जानकारी दिइएको छ । फिजियोथेरापीको उद्घाटनसँगै स्वास्थ्य सेवा कार्यालय दैलेखले जिल्लामा भएका सञ्चारकर्मी स्वास्थ्यसँग सम्बन्धित सरोकारवालासँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा विभिन्न स्वास्थ्यसँग सम्बन्धित कुराको जानकारी गराइएको थियो । विभिन्न रोगहरूको जानकारी गराउने क्रममा दैलेखमा स्थानीय जातको मलेरियासमेत देखिएको छ भने जिल्ला अस्पताल दैलेखमा फोहोर व्यवस्थापन प्रमुख चुनौती रहेकोसमेत अन्तरक्रिया कार्यक्रममा बताइएको थियो ।
यस कार्यक्रममा बोल्दै कार्यक्रका प्रमुखअतिथि प्रेमबहादुर थापाले दैलेख जिल्लामा रहेका ११ वटा स्थानीय तहका स्वास्थ्य शाखाहरूले प्रभावकारी रूपमा काम नगरेको भेटिएकोले मिडियाकर्मीले प्रत्येक स्थानीय तहका स्वास्थ्य शाखाका बिलहरू हेर्नसमेत आग्रह गरे । स्थानीयस्तरमा अस्पतालबाट निःशुल्क पाइने औषधि सबैले पाएका छन् कि छैनन् भन्ने कुराको जरुरी रहेको बताए । त्यस्तै यसै कार्यक्रममा अध्यक्ष तथा अस्पताल विकास समिति दैलेखका अध्यक्ष लोमन काफ्लेले अस्पतालमा धेरै सेवा थपिएकाले सबैले स्थानीयलाई समेत यसको जानकारी दिन सञ्चार माध्यमको भूमिका ठूलो हुने भन्दै सबैले सहयोग गर्ने आग्रहसमेत गरेका छन् । कार्यक्रममा कोरोना भाइरससम्बन्धी सचेत हुनका लागि जानकारी दिइएको थियो ।
दैलेख
प्रतिक्रिया