छात्रवृत्तिमा एमडी गरेपछि सम्पर्कविहीन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्तिमा अध्ययन पूरा गरे पछि एक पक्षीय रूपमा कबुलियतनामा तोड्ने चिकित्सकमाथि कारबाही प्रक्रियाअघि बढाएको छ ।

मन्त्रालयले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगञ्ज क्याम्पसबाट डर्माटोलोजीमा एमडी गरेकी सोनिया कोइरालामाथि कारवाही प्रक्रियाअघि बढाएको हो । मन्त्रालयले सोमबार सरकारी सञ्चारमाध्यम गोरखापत्रमा उनको तीनपुस्ते विवरण सार्वजनिक गर्दै सात दिन भित्र मन्त्रालयको सम्पर्कमा आउन भनेको छ ।

उसले तोकेको मितिभित्र सम्पर्कमा नआए अध्ययनका क्रममा सरकारले गरेको लगानी असुल गर्ने प्रक्रियाअघि बढाउने बताएको छ । डर्माटोलोजीमा अध्ययन पूरा गरेकी कोइरालालाई मन्त्रालयले गत २३ जेठमा सरकारी अस्पताल तोक्दै सेवा गर्न पठाउने निर्णय गरेको थियो । तर, उनले त्यसयता अस्पताल पनि नपुगेको सम्पर्कका लागि मन्त्रालयमा दिएको मोबाइल नम्बरसमेत स्वीचअफ गरेको पाएपछि सार्वजनिक सूचना जारी गरेको हो ।

कास्की जिल्ला पोखरा पर्साङ ५ निवासी तुलसी प्रसाद कोइरालाको नातिनी सूर्यप्रसाद कोइरालाको छोरी सोनियालाई कारबाही बढाएको जनाएको छ ।

प्रतिक्रिया