‘फेस अफ प्लस टु’ २३ मंसिरमा

काठमाडौं । ग्रेस इन्टरनेसनलले आयोजना गरेको ‘फेसअफ प्लस टु २०१९’ का प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । सुनौलो संसार म्यानेजमेन्टद्वारा आयोजित फेस अफ प्लस टुको दोस्रो संस्करणमा सहभागी प्रतियोगीले ट्यालेन्ट सोअन्तर्गत आफूमा भएको प्रतिभा प्रस्तुत गरेका हुन् ।

किशोरकिशोरीको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने यस प्रतिस्पर्धामा किशोरतर्फ १८ र किशोरीतर्फ १४ जना प्रतियोगीले अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । प्रतियोगीले नृत्य, गीत, कविता, अभिनय, आर्ट लगायतका विविध विषयमा आफ्नो प्रतिभा देखाएको आयोजक संस्थाका निर्देशक नारायण थापाले बताए ।

उक्त प्रतिस्पर्धाको निर्णायकमा अजयसिंह ठकुरी, प्रिया रानी लामा, महेश ज्ञवाली र छिरिङ शेर्पाले रहेका थिए । थापाले प्रतियोगिताले किशोर तथा किशोरीमा आत्मविश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वक्तृत्व कलाको विकास गराउने लक्ष्य लिएको जिकिर गरे ।

गेट वे कलेज मुख्य प्रायोजक रहेको यो प्रतियोगिताको सहप्रायोजनमा लुम्बिनी कलेज र विनायक सिद्ध कलेज रहेका छन् । त्यस्तै आयम इन्टरनेसनल कलेज, विट्स एकेडेमी, केयु सिटी कलेज, सम्झना पव्लिकेसन प्रालि, चामुण्डा ब्रिज कोर्स, केएसी कुुरीनरी आर्टस, फ्लाइटेक इन्टरनेसनल, आश म्युजिक कम्पनी, हट वेव सलुसन, चावहिल स्पोर्टस क्लव, ज्यागुएर सेकुरिटी, बुटिक पाट्नर अभियगल, नेसनल माउन्टेन भ्यु रिसोर्ट, ग्रान्ड नरलिङ होटलस् रिर्सोटलगायतको साथ सहयोगमा प्रतियोगिता भइरहेको निर्देशक थापाले जानकारी दिए ।
व्यक्तित्व विकाससम्बन्धी दैनिक विविध तालिम लिइरहेका प्रतियोगी २३ मंसिरमा अन्तिम प्रतिस्पर्धाको तयारीमा रहेका छन् ।

प्रतिक्रिया