सेमिफाइनलमा आर्मी र पुलिस भिड्ने

सिमरा, १० साउन । कृष्णा खत्रीको ह्याट्रिकमा बाँकेलाई ५–१ ले पराजित गर्दै नेपाल आर्मी एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खत्रीले २४आँै, ७१औँ र ८१ औँ मिनेटमा गोल गरिन् । दीपा अधिकारी र अञ्जली वाइबाले आर्मी क्लबका लागि थप गोल गरे । बाँकेकी लक्ष्मी थापाले गोल गरिन् । २४आँै मिनेटमा कृष्णाको गोलमा अग्रता लिएको आर्मीको विरुद्धमा ३५आँै मिनेटमा लक्ष्मीले गोल गर्दै खेललाई रोमाञ्चक दिशा दिइन् । ४५आँै मिनेटमा दीपाले गोल गर्दै आर्मीलाई दोस्रोपटक अग्रता दिलाइन् । ७१आँै मिनेटमा कृष्णाले गोल थपिन् भने ८१आँै मिनेटमा ह्याट्रिक पूरा गरिन् । अञ्जलीले अन्तिम मनिटमा गोल गरिन् ।
यसअघि सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबले राम्रो महिला फुटबल टोली बनाए पनि आर्मीले राम्रो टोली नबनाएर प्रतियोगितामा सहभागी भएको यो पहिलोपटक हो । महिला फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी उत्कृष्ट मानिन्छ भने यस्पछि पुलिसको टोली राम्रो मानिन्छ ।
यसैगरी नेपालमा पहिलोपटक महिला क्रिकेट प्रशिक्षण सुरु गरेको बाँकेले केही वर्षयता महिला फुटबलको प्रशिक्षण पनि सुरु गरेको थियो । आर्मीसँगको खेलअघि बाँकेले उत्कष्ट प्रदर्शन गरिरहेको थियो । आर्मी क्लबले सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्ने छ । पुलिस क्लब भेट्रान कप्तान चन्द्रा भण्डारीको प्रशिक्षणमा रहेको छ । राष्ट्रिय टोलीबाट खेल्दा बायाँ रक्षकका रूपमा खेले पनि उनी क्लबस्तरमा कुशल फरवार्डका रूपमा परिचति छिन् । क्वार्टरफाइनलमा उनी एक्लैले चार गोल गरेकी थिइन् ।

प्रतिक्रिया