मेरिएट होटलमा मारवार फुड फेस्टिभल

काठमाडौं । काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट राजस्थानी भोजनको फुड फेस्टिभल आयोजना गरेको छ ।

मेवार र मारवारको दाल बाटी, लाल मास, गट्टा करी, मिठाइमा गिवार तथा लाइभ हट सिज्लिङ कवावको प्रचुर बफे लगायतका परिकार पाईने बताइएको छ ।

प्रतिक्रिया