काठमाडौं । २०६औँ भानुजयन्तीका अवसर पारेर विद्यालय स्तरीय छन्द कविता वाचन तथा प्रतियोगिता सम्पन्न भएको छ ।
जोरपाटिीस्थित कुमारीगाल महान् सिद्धार्थ हाइस्कुलद्वारा आयोजित प्रतियोगितामा मोक्षदा स्कुल प्रथम भएको छ । प्रतियोगितामा मोक्षदा छात्र तथा छात्रा दुवै समूहमा प्रथम भएको हो । प्रतियोगितामा छात्रातर्फ मोक्षदा स्कुलकी तारा लामा प्रथम, अनमोल ज्योति स्कुलकी स्वस्तिका थपलिया द्वितीय, निमोनिक मोर्डन एकेडेमीकी एन्जल सिलवाल तृतीय र लभ्ली एन्जल्स स्कुलकी अपेक्षा शर्मा चौथो भए ।
त्यसैगरी, छात्रतर्फ मोक्षदा स्कुलका अनुज खड्का प्रथम, न्यु सनसाइन इंग्लिस स्कुलका युकेस रावल द्वितीय, दुर्गा भवानी एकेडेमीका विनोद खैर तृतीय र लभ्ली एन्जल्स स्कुलका प्रभात सेढाईं चौथो भए । विजयी प्रतियोगीलाई प्रमुख अतिथि प्राज्ञ शशी लुमुम्बूले ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि लुमुम्बु, पिइएफ अध्यक्ष विष्णुप्रसाद पोखरेल, कवि सीता भट्टराई, निर्णायकद्वय बलराम दाहाल र साहित्यकार सरोज घिमिरे, महान सिद्धार्थ हाइस्कुलका प्राचार्य बाबुराम केसीलगायतले नेपाली भाषाको सांस्कृतिक एकीकरण र विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको भन्दै चर्चा गरेका थिए ।
प्रतिक्रिया