संसद्मा ‘गलबन्दी’ को गलफती

काठमाडौं । गायक प्रकाश सपूत र गायिका शान्तिश्री परियारको आवाज रहेको ‘गलबन्दी च्यातियो…’ गीतमाथि भएका टिप्पणीप्रति प्रतिनिधिसमाको बैठकमा सांसदले आपत्ति जनाएका छन् । उक्त गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानुनी कारबाही गर्न उनीहरूले माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो…’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय सपुत र परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी हँुदा पनि सरकार मुकदर्शक भएको भनी आपत्ति जनाइन् । साथै उनले सम्बन्धित व्यक्तिलाई कानुनी कारबाही गर्न माग गरिन् । सांसद महेश्वरजंग गहतराजले पनि ‘गलबन्दी च्यातियो …’ गीतको लय नक्कल भएको भन्ने सम्बन्धमा सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै जातीय द्वन्द्व फैलाउने गरी टिप्पणी गर्ने व्यक्तिलाई कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया