दुवै मिर्गाैला फेल भएका आशिषद्वारा सहयोगको अपिल

इलाम । दुवै मृगौला फेल भएर मृत्युसँग संघर्ष गरिररहेका इलामका आशिष सुनुवारले सहयोगको अपिल गरेका छन् । इलामको माङसेबुङ गाउँपालिका–३ सिङलाबुका ३५ वर्षीय सुनुवारले आफूलाई बचाउन देश तथा विदेशमा रहेका नेपालीलाई विभिन्न सञ्चारमाध्यममार्फत सहयोगका अपिल गरका हुन् ।

सुनुवार विगत तीन महिनादेखि दुवै मिर्गौला फेल भएपछि जीवन मरणको दोसाँधमा बाँचिरहेका छन् । पत्नी र एक छोरी भएका सुनुवार बाँच्न हरदम कोशिस गरिरहेका छन् । उनी भन्छन्, ‘मलाई बचाइ दिनुहोस् । म तपाईहरूको यो धर्म कहिल्यै बिर्सने छैन । मेरी पत्नी र छोरीलाई छाडेर जान सक्दिनँ ।’ रोजगारीका लागि उनी पाँच वर्षअघि बहराइन गएका थिए । उतै बिरामी भएपछि उनी स्वदेश फर्र्किएका थिए । यहाँ आएर धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गराउँदा मात्र उनले दुवै मिर्गाैला काम नलाग्ने अवस्थामा पुगेको थाहा पाएका थिए ।

हाल उनको सहिद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भइरहेको छ । उनलाई बचाउन २० देखि २२ लाख खर्च लाग्ने चिकित्सकहरूले बताएका छन् । तर, अस्पताल प्रशासनले भनेजति रकम जुटाउन नसक्दा उनी मुस्किलमा छन् । उपचारमा संलग्न चिकित्सकले दुवै मृगौला प्रत्यारोपण गुर्नपर्ने बताएको तर आर्थिक अभावमा उपचारमा नै समस्था भइरहेको पीडित आशिषले बताए ।

आफ्नै परिवारका सदस्यबाट मिर्गौला प्रत्यारोपण भए करिब २२ लाख खर्च लाग्नेछ । त्यसका लागि सुरुमा ८ लाख रुपैयाँ डिपोजिट गर्नुपर्ने भएकाले उपचारमा समस्या भएको आशिषका दाजु अनिष सुनुवारले बताए । ‘सुरुमा ८ लाख रुपैयाँ डिपोजिट गरेर मात्र उपाचार सुरु हुने रहेछ । त्यसका लागि आर्थिक संकलन भइरहेको छ’ अनिसले भने, ‘आफन्तबाट मृगौला दान भए करिब २२ लाख खर्च लाग्ने रहेछ, हामी त्यही अभियानमा जुटेका छँैं । मिर्गाैला आफन्तले नदिने भए झनै करोडौँ लाग्ने रहेछ ।’

अलिअलि भएको जायज्यथा समेत प्रारम्भिक उपचारमा सकिएपछि आर्थिक अभावकै कारण आशिषलाई बचाउन नसकिने हो की भन्ने चिन्ताले आशिषको परिवारलाई झस्काईरहको छ । आशिषको उपचाररार्थ आर्थिक सहयोग गर्न उनका परिवारले विभिन्न व्यक्ति तथा संघसंस्थासँग अपिल गरेको छ । आशिष सुनुवारलाई बचाउन आर्थिक सहयोग गर्न चाहनुहुनेले राजधानीमा मोबाइल नम्बर ९८१८९०९२३७ र ९८४१०२९७८६, इलाममा ९८४२७८४६६६, ९८०६००६६७७ तथा माङसेबुङमा ९८१५९६०७६० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया