काभ्रे । नमोबुद्ध गुम्बा परिसरमा रहेको ठाङ्गु फेन्दे क्लिनिकले यस भेगका बिरामीलाई स्वास्थ्य सेवा दिँदै आएको छ । सर्वसाधारणलाई उपचारमा थप सहज होस् भनेर यस क्लिनिकले सुविधा सम्पन्न ल्याब पनि सञ्चालन गरेको छ ।
परिसरभित्र सञ्चालित उक्त क्लिनिकमा सुविधा सम्पन्न ल्याबको उद्घाटन नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा र नमोबुद्ध ध्यान तथा शिक्षण केन्द्रका अध्यक्ष छेयोजे लामा वाङ्चुक तोक्देनले संयुक्त रूपमा गरे । स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी, राजनीतिक दलका नेता तथा नमोबुद्ध नगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरूको उपस्थितिमा क्लिनिकका प्रमुख वाङ्चुक राप्तेन लामाले सम्बोधनका क्रममा सुविधा सम्पन्न ल्याब स्थापनापश्चात सेवालाई अझ प्रभावकारी बनाउन हौसला पुगेको बताए ।
क्लिनिकमा काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली लगायतका स्थानबाट उपचार गर्न गाडी रिजर्ब गरेर आएको सुन्दा यस संस्थाले पु¥याएको सेवाबाट प्रभावित भएको नगरप्रमुख टिपी शर्माले सम्बोधनका क्रममा बताए । सञ्चालन भएको छोटो अवधिमै १७ लाखलाई सेवा प्रदान गरेको सुन्दा आपूmलाई यसै गरी जनताको सेवा गर्ने ऊर्जा थपिएको बताए ।
नमोबुद्ध ध्यान तथा शिक्षण केन्द्रका अध्यक्ष छ्योजे लामा वाङ्चुक तोक्देनले हप्तामा तीन दिन दिइने सेवालाई २४ घण्टा नै दिनसके अझ प्रभावकारी हुने बताए । पाँच रुपैयाँले प्रभावकारी उपचार दिलाउने यस स्वास्थ्य संस्थाको जति नै प्रशंसा गरे पनि कम हुने बताउँदै यस्तो सेवा दिन सहयोग गर्ने सम्पूर्णलाई स्थानीयले धन्यवाद दिए । नमोबुद्ध नगरपालिकाका स्वास्था शाखाका सहसंयोजक दिनमान गुर्मछानले नगरपालिकाबाट स्वीकृति लिएर सञ्चालन भएका क्लिनिकमध्ये दैनिक ६० देखि सय जनासम्मलाई सेवा प्रदान गरेर आपूmलाई उत्कृष्ठ ठह¥याउनु सफल भएको बताए ।
प्रतिक्रिया