गाउँमै मुटुको उपचार

अर्घाखाँची । मालारानी गाउँपालिका– ६ का ८१ वर्षीया कली अधिकारीले मुटु परिक्षण गराइन । उनले भनिन ‘मुटु दुखे जस्तो लागेको थियो केही भएको रहेनछ शनिबार गाउँमै काठमाडौंबाट आएका मुटुको डाक्टरलाई चेक गराउन पाउँदा ढुक्क भए ।’

मालारानी गाउँपालिकाका स्थानिय शनिवार गाउँमै सवै सुविधासहित एकैस्थानमा एकै दिन मुटु जाँच गराउन पाउँदा निकै खुसी देखिन्थे । स्थानीय मालारानी गाउँपालिका– ७ का कृष्ण नेपालीले भने, ‘आखाँ उपचारको लागि जिल्ला जान सकेको थिएन शनिबार गाउँमै उचपार गर्न पाएँ निशुल्क औषधी पनि पाएँ आज निकै सुखी छु ।’

जिल्ला प्रशासन कार्यालय, अर्घाखाँचीको आयोजना र मालारानी गाउँपालिकाको समन्वयमा तथा आर्थिक सहयोगमा मालारानी गाउँपालिकका–६ रतनमारेको सिद्धार्थ उच्च माविको प्रांगणमा सञ्चालन भएको एकिकृत घुम्ती शिविरमा जिल्लाका बिभिन कार्यालयले सेवा दिएका थिए ।

घुम्ती शिबिरमा मालारानी गाउँपालिकाकी ४६ वर्षीया रमी पुनले अपांगता परिचयपत्र लिईन । अर्का स्थानीय ८१ कृष्ण क्षेत्रीले भने, ‘गाउमै उपचार गराउन पाएकामा खुसी छु खासै रोग पनि केही छैन भन्नु भो डाक्टरलाई धेरै धन्यवाद दिए ।’

शिविरमा नागरिकता बितरण, मुटुरोग बिशेषज्ञवाट मुटुरोगको परिक्षण, पासपोर्ट बितरण तथा उपचार, अपागता कार्ड बितरण जिल्ला स्वाथ्य कार्यालय अन्र्तगत स्वाथ्य परिक्षण त्यस्तैे आखाँ परिक्षण जिल्ला आयुर्वेद कार्यालय मार्फत स्वाथ्य परिक्षण, सिम कार्ड वितरण, कृषि ज्ञान केन्दले कृषकको माटो परीक्षण गरिएको थियो ।

त्यस्तै, निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम लेखाउने, प्रहरी साईवर अपराध एवम सवारी दुर्घटना सम्वन्धि सामुदायिक प्रहरी सचेततना मुलक कार्यक्रम, घरेलु कार्यालय अन्तर्गत फर्मदर्ता तथा नविकरण डिभिजन वन कार्यालयको सचेतनामुलक कार्यक्रमहरु प्रत्यक्षरूपमा स्थानीय जनताकोबीचमा सञ्चालन गर्दा सेवा प्रभावकारी भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले वताए ।

प्रतिक्रिया