पहिलो पटक मुटुको निशुल्क जाँच

सल्यान । सल्यानमा पहिलो पटक मुटुको निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । जिल्ला अस्पताल सल्यानमा गंगालाल हृदय रोगका विशेषज्ञ टोलीले मुटु तथा अन्य समस्या भएका विरामीहरुको स्वास्थ्य जाँच गर्नुका साथै औषधी र आवश्यक परामर्श समेत पाउँदा स्थानीय खुशी भएका छन् । वर्षौदेखी मुटु सम्बन्धी समस्या भएका तथा आर्थिक अवस्था कमजोर भएकाहरुका लागि यो शिविर फलदायी भएको सेवाग्राही बताउँछन् ।

उपचार गराउन पुगेकी शारदा नगरपालिका निवासी लावण्यवती रेउलेले सल्यानमा मुटु जाँच गर्नु परेमा बाहिर धाउनु पर्ने बाध्यता रहेको जानकारी दिंदै यस शिविरले आफुलाइ सहज भएको बताइन् । उनले यस्ता खालका सेवा अरुबेला पनि भए यहाँका सेवाग्राहीलाइ झनै सहज हुने बताइन् ।

अर्का सेवाग्राही नोखीकुमारी थापालाई पनि यस शिविरले फाइदा पु¥याएको छ । मुटु सम्बन्धि समस्या भएपछि जिल्ला बाहिर स्वास्थय जाँच गराउन नपाएकी उनले यहाँ आएर सहजै सेवा लिएको बताइन् । स्वास्थ्य जाँच गराउन आएको घुँइचोले भने आफुलाइ असहज भएको उनले सुनाइन् । ५४ वर्षीया खिमि बस्नेतले पनि मुटु दुखाइ कम गर्ने औषधी लिएर फर्किन पाउँदा शुखी व्यक्त गरिन् ।

‘मेरो मुटु दुख्न लाको धेरै भयो’ उनले भनिन्, ‘सित्तैमा औषधि पनि लगेर फर्किन लागेकी छु अब सन्चो हुन्छ कि भन्ने आश लागेको छ ।’ काठमाडौं गएर महंगो उपचार गर्न नसक्ने बिरामीलाई शिविरले फाईदा पु¥याएको छ । गम्भिर विरामीलाई पनि शिविरमै सामान्य उपचार गरी काठमाडौं रिफर गरिएको छ । यसरी रेफर गरेका विरामीलाई काठमाडौंमा पनि निशुल्क उपचारको व्यवस्था मिलाएको बताइएको छ । .

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि मल्लले राष्ट्रिय हृदय रोग केन्द्रले वर्सेनी दुर्गम क्षेत्रमा गएर सेवा दिइहेको जानकारी दिंदै यस वर्ष सल्यानमा आएको बताए । शिविर रहेकोे ठाउँमा विषेश गरी मुटुको चेकजाँच गर्ने, त्यो संगै अन्य सामान्य खालका रोगको चेकजाँच र उपचार गरि रहेको उनले बताए । यहाँबाट उपचार गर्न गएका मुटुका विरामीलाई निशुल्क उप्रेशनको सुविधा रहेको उनले बताए । अन्य जिल्लामा भएका शिविरको तुलनामा यस जिल्लामा मुटु रोगका बढी विरामी भेटिएको उनले जानकारी दिए । यस्तै प्रेसर र सुुगर पनि अधिकाँशमा भेटिएको उनले जानकारी दिए ।

गंगालाल हृदय केन्द्रबाट तीन जना मुटु रोग विशेषज्ञ तथा ६ जना मेडिकल अफिसरहरु सहितको टोलीले सेवा दिएको उनले बताए । मुटुमा प्वाल भएका, मुटुको बाथ रोग भएर मुटुको भल्ब खराब भएका भेटिए भने कममात्रामा मुटुमा बोसो जमेकाहरूले पनि स्वास्थ्य जाँच गराएको उनले जानकारी दिएका छन् । यस्तै सुगर जाँच, इसीजी र इको मेसिन पनि बोकेर ल्याएको उनले बताए । साथै यस अघि आफैले अस्पतालमा मुटुको अप्रेशन गरेकाको फ्लोअप गर्नेको संख्या पनि रहेको उनले बताएका छन् ।

गंगालाल हृदय केन्द्रका बरिष्ट डाक्टरहरुबाट एक हजार ५३ जनाले शेवा लिएको आयोजकका सल्लाहकार तथा.पुर्व सांसद नेत्रलाल श्रेष्ठले परोपकारी कार्यका लागि गंगालाल हृदय केन्द्र, सम्मान फाउण्डेशन र समाजसेबी राजेश्वर कार्कीसंग सहकार्य गरेर शिविर संचालन भएको जानकारी दिए । उनले शिविरका लागि राजनैतिक दल, सरकारी तथा गैह्र सरकारी सस्थाकासाथै सबैको साथ र सहयोगले जिल्लामै यस्तो कार्य गर्न सफल भएको बताए । शिबीरमा सम्मान फाउण्डेशनले पनि सहयोग गरेको थियो भने सल्यान उत्थान परिषद्को सकृयता रहेको उनले जानकारी दिएका छन् । .

प्रतिक्रिया