‘मृगौला बेचविखन गिरोह पुनः सक्रिय’

काठमाडौं । नेपालमा मृगौला बेचविखन गर्ने समूहको जालो पुन सक्रिय हुँदै जान थालेको छ । कुनै समय भारतिय चिकित्सकसहितको टोलीले ठुलो र्याकेट चलिरहेको उजागर भएको थियो ।

त्यसपछि मृगौला बेचविखन गर्ने समुह विस्तारै हराउदै गएको थियो । तर, पछिल्लो समय पुन यो गिरोह पुनः सक्रिय हुन थालेको हो । विशेषगरी काभ्रे, मकवानपुर लगायतका जिल्ला यो समुह सक्रिय रहेको एक तथ्यांकले देखाएको छ । अशिक्षित र गरिबीको रेखामुनी रहेका मानिसहरु यस्तो गिरोहको प्रमुख लक्ष्य हुने बताइएको छ । उनिहरुले मृगौला भारतदेखी तेस्रो मुलुकमा लगेर बेच्ने गरेका छन् ।

विशेषगरी यस्तो गिरोहको संजाल गाँउबाट काठमाडौं र काठमाडौंबाट भारतका विभिन्न शहरसम्म रहने गरेका छन् । मृगौलाको समेत गिरोह अनुसार फरक फरक मुल्य हुने गरेको छ । नेपालमा सो मृगौलाको मुल्य बढिमा डेढ लाखसम्म विक्रि हुने गरेको छ । तर, सोही मृगौला भारत पु¥याइएमा ७ लाखदेखी १८ लाखसम्म बेच्ने गरेका छन् ।

युएसएआइडीको सहयोगमा महिला, कानुन र विकास मञ्चद्वारा मंगलबार राजधानीमा भएको कार्यक्रममा नेपालमा मृर्गौला तस्करी तथा मानव बेचविखनको अवस्था भयाबह रहेको उल्लेख गरिएको हो । सो मञ्चले गरेको अध्ययन अनुसार ३३ प्रतिशतबढि दलित समुदायका व्यक्तिहरु यस्तो बेचविखनको जोखिममा पर्ने गरेका छन् । अध्ययनका अनुसार पिडितले मृगौला बेच्दाको बखतमा कबोल भएको रकम भन्दा निक्कै न्युन पाउने गरेका छन् । ‘पीडितहरुले आफ्नो परिवारको आर्थिक अवस्था सुधार ल्याउनका लागि मृगौला बिक्री गरेको भएतापनि उनीहरुले तोकिएको रकम दलालहरुबाट नपाउँदा झन् पीडामा पर्ने गरेको छन्,’ प्रतिवेदनमा भनिएको छ ।

जनअधिकार संरक्षण विकास मञ्चका शतिसकुमार शर्माले १० बर्षको अन्तरातलमा मृर्गौला तथा मानव बेचविखनको संख्या डरलाग्दो गरी बढेको बताए । उनले नेपालमा विद्यमान मानव बेचविखन तथा ओसारपसार सम्बन्धी ऐन २०६४ र अंगप्रत्यारोपण ऐन २०५५ एकापसमा बाझिँदा यो समस्या समाधानमा थप जटिलाता देखिने गरेको बताए । बढी मात्रामा पैसाको प्रलोभन देखाएर तथा डर, धाकधम्की देखाएर मानवअंगको बेचविखन कार्य हुने गरेको शर्माको भनाइ थियो ।

महिला कानून विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले मानव बेचविखनमा संलग्न मुख्य नाइकेहरुलाई समाउन नसक्दा यो समस्या पटक–पटक दोहोरिने गरेको बताए । उनले पछिल्लो समय विदेशी राष्ट्रहरुमा मानव बेचविखनको समस्या बढ्दो रहेको समेत सुनाए ।

प्रतिक्रिया