ताप्लेजुङ । नेपाल नेत्रज्योती संघ ताप्लेजुङ, डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र र पाथिभरा याङ्वरक गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालन गरिएको आँखा शिविरबाट २ सय ६० जनाले सेवा लिएका छन् ।
बिहीबार गाउँपालिकाको केन्द्र थेचम्बूमा आयोजित शिविरमार्फत २० जनाको मोतिया विन्दुको शल्यक्रिया गुर्नका साथै एक जनाको मासु पलाएको पनि शल्यक्रिया गरेको नेत्रज्योती संघका सहसचिव सुरेश लिम्बूले जानकारी दिए । शिविरमा पाथिभरा याङवरक गाउँपालिकाका साथै आठराई त्रिवेणी गाउँपालिकाको हाम्पाङ र निगुरादिनबाटसमेत स्थानीय आँखा जाँचका लागि पुगेका थिए । सम्पूर्ण शल्यक्रिया आँखा विषेशज्ञ ईशा विष्टको नेतृत्वमा भएको सहसविच लिम्बूले बताए ।
प्रतिक्रिया