काठमाडौँ । राजधानीस्थित भृकुटीमण्डपमा ‘अर्थ आवर इको सोसल जाम’ नामक एकदिने कार्यक्रम चलिरहेको छ । हरेक वर्षझैँ यस वर्ष पनि विश्व वन्यजन्तु कोषले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कोषले पर्यावरणीय चक्रलाई मध्यनजर राखी यसप्रति सचेत तथा सकारात्मक हुने उद्देश्यले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।
कार्यक्रममा फाहोरलाई मोहरमा परिणत गरेका विभिन्न सामग्री सँगै विभिन्न समुदायको मौलिकता झल्काउने खानेकुरा समेत प्रदर्शनीमा राखीएका छन् । मध्यान्ह १२ बजेदेखि सुरु भएको उक्त कार्यक्रम आज साँझ ७ वजेसम्म चल्ने आयोजकले जनाएको छ ।
तस्विर अस्मिता खड्का
प्रतिक्रिया