हाम्रो सम्बन्ध वास्तुकलासँग छ । अतः हामीले स्पष्ट रूपमा वास्तुकला भनेको के हो रु किन यसको सम्बन्ध ललितकलासँग जोडिएको छ । सो कुरा बुझ्न जरुरी छ । वास्तुंकला।वास्तुकला शब्द बस् धातुबाट बनेको छ । जसको अर्थ निवास स्थान या बस्ने स्थान भन्ने हुन्छ । अतः हामी बस्ने ठाउँलाई भवन, घर भनिन्छ । राजा बस्ने घरलाई दरबार भनिन्छ । देव–देवता बस्ने स्थानलाई मठ–मन्दिर, बिहार, गुम्बा आदि भनिन्छ ।
अतः धार्मिक आस्थाका आधारमा वास्तुकलालाई हिन्दु, बौद्घ र अन्य गरी तीन श्रेणीमा विभाजन गरिएको छ । हिन्दू वास्तुकला अन्तर्गत देव–देवीका मठ–मन्दिर पर्छन् । मन्दिरहरू शैलीका आधारमा मुख्य गरी शिखर, प्यागोडा र अन्य गरी तीन भागमा वर्गीकृत गरिएका छन् ।
यस्तै बौद्घ वास्तुकलाअन्तर्गत स्तुपा या चैत्य, छ्र्योतेन, बिहार गुम्बा आदि रहेका छन् । वास्तुकलाका अन्य नमूनामा धार्मिक भवनहरू एवं स्थान पर्दछन् । परम्परागत भवन, दरबार, पाटी एवं प्राचीन ढुंगेधारा, जलद्रोणी आदिलाई गैरधार्मिक वास्तुकलाका नमूनाका रूपमा लिइएको पाइन्छ । ९स्रोत नेपालमा पुरातत्व, कला वास्तुकला र पर्यटनको परिचय०
नेपाली बृहद शब्दकोषका अनुसार वास्तु–९ना।० सं। ं कला।ना। भवन निर्माण गर्ने शिल्प वा कालिगढी ५ भवन निर्माण गर्ने शिल्प वा कला भनि उल्लेख गरिएको छ । यस अर्थमा चाहे त्यो मन्दिर होस्, मठ होस्, स्तुप या चैत्य आदिलाई निर्माण गर्ने क्रममा कलालाई विशेष जोड दिएका हुन्छन् ।
थरिथरीका वास्तुमा जोडिएर आएका कलाहरू नै आजको विश्वको आकर्षक केन्द्र भएका छन् । पर्यटक हाम्रा वास्तुकला नै अवलोकन गर्न, अनुसन्धान गर्न, पुस्तक लेख्न, डकुमेन्ट्री निर्माण गर्न नेपाल आउने गर्दछन् । अतः विद्वानहरूले वास्तुकलासम्बन्धी केही किताब लेखेका छन् । नेपालको वास्तुकलालाई प्रर्वद्घन गर्नु नितान्त आवश्यक भएको छ । प्रशस्त पुस्तकहरू लेखिनुपर्छ । डकुमेन्ट्रीहरू निर्माण गरिनुपर्छ । विदेशस्थित हाम्रा राजदूतावासले पनि नेपाली वास्तुकलाको प्रवद्र्घन गर्न गहन भूमिका खेल्नुपर्छ । स्थानीय, प्रदेश र केन्द्र सरकारले पनि आ–आफ्नो क्षेत्रभित्र भएका वास्तुकलाको संरक्षण, संवद्र्घन गर्न महत्व भूमिका निभाउनुपर्छ । अन्ततः वास्तुकला, ललितकला, साहित्य, संगीत, नाटक आदि भनेका मुलुकका गहना हुन् । सबैले उक्त विधाको विकासमा गम्भीर भएर कार्ययोजना बनाउनुपर्छ । कार्यान्वयन गर्नुपर्छ । परम्परालाई संरक्षण, संवद्र्घन तथा प्रवद्र्घन गर्नुपर्छ भन्दै आधुनिक शैलीको पनि विकास गर्नुपर्छ । वास्तुभित्र जोडिएर आएको कलालाई हामीले पनि विविध कार्यक्रम आयोजना गरेर समेत प्रवद्र्घन गर्नुपर्छ ।
वास्तुकलाको सौन्दर्य चिन्तनको नेपालमा कमै मात्रमा अध्ययन, अनुसन्धान गरिएको छ । वास्तुकला प्रवद्र्धन गर्नका खातिर हनुमानढोकामा प्रवद्र्धनात्मक स्थलगत चित्रकला कार्यशाला भएको थियो । जहाँ मुलुकका ७४ जना कलाकारले थरिथरीका वास्तुकलाजन्य चित्र बनाएका थिए । यसक्रममा कलाकारले मन्दिरको वास्तुदृश्य बनाए । केही कलाकारले मन्दिरका टुँडाल, देवीदेवता, तोरण, चैत्य, विहार, जलद्रोणी आदि चित्र बनाए । उक्त कार्यशालाले वास्तुकलाको सौन्दर्यगत कलाको अध्ययन गर्ने मौका मिलेको थियो ।
नेपालका धेरै मन्दिर, गुम्बाको वास्तुकलाको विस्तृत अध्ययन हुन बाँकी नै छ । यसक्रममा विभिन्न लेखक, विद्वानहरू अगाडि बढेर वास्तुकला प्रवद्र्धनात्मक कार्यमा हात बढाउनुपर्ने देखिन्छ ।
प्रतिक्रिया