प्रधानमन्त्री ओली र सिके राउतको आज एउटै कार्यक्रममा भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र हिजो मात्रै सेन्ट्रल जेलबाट छुटेका सिके राउतको आज एउटै कार्यक्रममा जम्काभेट हुने भएको छ ।

मधेसको स्वतन्त्र एजेण्डासहित पृथकतावादी माग गरिरहेका राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएको बताइएको छ । भित्रभित्रै सरकारसँग वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि टुंग्याउने भएका छन् । सर्वोच्च अदालतको आदेशबाट राउत हिजो मात्रै सेन्ट्रल जेलबाट छुटेका हुन् ।

प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले हिजो बिहिबार रिहा गर्न आदेश दिएको थियो । आज दिउँसो १ बजे राष्ट्रियसभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेर सिके राउतको पृथकतावादी गतिविधि टुंगिएको घोषणा गर्ने छन् ।

प्रतिक्रिया