स्मार्ट टेलिकमको सुआहारा कार्यक्रमलाई सहयोग

काठमाडौं । स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले युएसएआडीद्वारा प्रवद्र्धित सुआहारा कार्यक्रमलाई सहयोग प्रदान गरेको छ । यस कार्यक्रमअन्तर्गत सुनौला हजार दिनका आमाहरूका लागि प्राविधिक सहयोग तथा परामर्श प्रदान गरिएको हो । स्मार्ट टेलिकम तथा हेलेन केलर इन्टरनेशनलद्वारा प्रवद्र्धित सुआहाराबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरी कार्यक्रमलाई आधिकारिकता प्रदान गरिएको छ ।

अब सुआहाराका कार्यक्रममा टेलिकम साझेदारीका रूपमा स्मार्ट रहने छ । यससँगै स्मार्टले ९९ व्यालेन्स भएको सीमकार्ड सुआहारा लाभार्थीहरूलाई प्रदान गर्ने छ । यसरी ६ हजार सीमकार्ड सुआहारा कार्यक्रममा सहभागी हुने स्वयं सेवकहरूले प्रयोग गर्नेछन् । सुआहारा नुवाकोट तथा कपिलवस्तु जिल्लामा लक्षित भई कार्य गर्दै आइरहेको छ ।

पहिलो चरणको कार्यक्रमका सिलसिलामा स्मार्टले नुवाकोटमा ३ हजार ५ सय सिमकार्ड प्रदानगरिसकेको छ भने आगामी चरणहरूमा आफ्नो कार्यक्रमलाई पाल्पा तथा रूपन्देही जिल्लाहरूमा पनि लागू गर्ने छ ।  सुहाराका चिफ अफ पार्टी क्रिस्टोफर ल्यान्ड्रीले “स्मार्टले सुनौला एक हजार दिन कार्यक्रमको लागि गरेको सहयोगले स्वयंसेवक तथा लक्षित व्यक्तिहरू बीच सम्पर्क स्थापना गरी कुपोषणको समाधानगर्न विशेष सहयोग प्राप्त भएको कुरा उल्लेख गर्दा स्मार्ट सिमको प्रयोगले स्वयंसेवी महिलाहरूलाई समय समयको बचत मात्र नभई कुपोषण निवारणको लागि विशेष भएको बताए ।

सुआहाराले नेपालका विभिन्न जिल्लाहरूमा गरी १५ लाख घरधुरीहरूमा मातृ तथा बालपोषणको कार्य गर्दै आइरहेको छ । सुआहाराले नेपाल सरकार, निजी क्षेत्र तथा अन्य विकास साझेदारहरूसँग पनि सहकार्य गर्दै आएको छ ।  सुआहारा लक्षित क्षेत्रमा विशेष गरी स्वास्थ्य स्वयंसेविका मार्फत पोषण, स्वास्थ्य तथा पानी, स्वास्थ्य तथा सरसफाइसम्बन्धी जनचेताना फैलाउने कार्य गर्दै आएको छ । यसको लागि संस्थाले स्वास्थ्य स्वयंसेवीमार्फत घरघरमा पुगी तथा आमा समूहको मिटिङहरू मार्फत् कार्य गर्दै आएका छन् ।

सुआहाराको कार्यक्रम ३८ जिल्लाहरूमा सञ्चालित रहँदै आएकोमा थप २ जिल्ला धादिङ्ग र पाँचथरमा पनि सञ्चालित छ । गर्भ रहेदेखि २४ महिना उमेरसम्म आमा तथा शिशुको लागि सुनौला एक हजार दिन विशेष अवधि हुने हुँदा शिशुको विकासका विशेष ध्यान दिन जरुरी हुन्छ यसमा सासू तथा श्रीमान्को भूमिका विशेष रहने हुँदा सोहीअनुसार रणनीतिक योजना तर्जुमा गरी कार्य गर्दै आएको छ ।

नेपाल सरकारका निकायहरूसँग सहकार्य गरी निश्चित जिल्लाहरूमा रक्तअल्पता, प्रजनन स्वास्थ्य, महिनावारीसम्बन्धी स्वास्थ्य, पोषण, ढिलोसम्म विवाह नहुँदा वा सन्तान नजन्मदा समाजले हेर्ने दृष्टिजस्ता सामाजिक व्यवहारहरूसँग सम्बन्धित रही कार्य गर्दै आएको छ ।  आम नेपालीहरूमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्य सहित स्मार्ट टेलिकमको स्थापना गरिएको हो । नेपाली नागरिकहरूलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पु¥याउने यसको लक्ष्य रहेको छ । स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरूमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया