कुमारी बैंक र स्मल वल्र्ड ग्रुपबीच सम्झौता

काठमाडौं । कुमारी बैंक र स्मल वल्र्ड सर्भिस ग्रुप युकेबीच रेमिट्यान्स सेवा मुलुकभर विस्तार गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र स्मल वल्र्ड सर्भिस ग्रुपका प्रमुख कार्यकारी अधिकृत निकोल्स जोन स्टेवार्ट डेबीच रेमिट्यान्स सेवा विस्तार गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो ।

सम्झौतापश्चात विश्वभर रहेका स्मल वल्र्ड सर्भिसका (काउन्टर र अनलाइन रेमिट्यान्स सर्भिस) मार्फत सजिलै नेपालमा पैसा पठाउन सकिनेछ र उक्त रेमिट्यान्स कुमारी बैंकका सम्पूर्ण ८९ शाखाहरू तथा कुमारी बैंकका करिब ८५०० भन्दा बढी एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिनेछ । यो सेवामार्फत नेपालका जुनसुकै बैंकमा पनि रकम पठाउन सकिने हुँदा पाउने व्यक्तिले निर्वाध रूपमा रकम आफ्नो बैंकमा रहेको खातामा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया