उही जाडोः उही वास्तु

जाडो सुरु भएको छ, यहाँ मात्र होइन अधिकांश अन्य उपत्यकादेखि भित्री मधेश र तराईका क्षेत्रहरूमा पनि यसको विस्तार भएको छ । वर्षभरिका ६ वटा ऋतुहरूमध्ये सबैभन्दा उराठ लाग्ने, कठ्याँग्रिदो चिसो मौसम भएको ‘हेमन्त’ ऋतुको पुसलाई कसरी जीवन्त बनाउने ? आजको हाम्रो विषयवस्तु हो यो ।

चिसोसँग लड्ने क्षमता राख्ने खाद्यान्न र हरिया सागपातहरू यस महिनामा सर्वसुलभ र सस्तो हुने योग छ । पुसमा हाम्रो मुलुकमा बेमौसमी हावा र दैवी प्रकोपको सम्भावना छ । साथै, पानीसँग सम्बद्ध नागहरू यताउता सर्नेछन् मुलुकका कुनै भागमा हल्का वर्षाको सम्भावना पनि छ । दक्षिणपूर्वी एसियाको तीव्र दक्षिण भागमा बढी वर्षाको पनि योग रहेको छ । हाम्रो मुलुकका धेरै क्षेत्रमा शीत लहर र हिमपातको सम्भावना पनि यस महिनामा अधिक नै छ ।

उत्तरतर्फ रहेका हाम्रा उच्च हिमशृंखलाहरूबाट नवीन स्वर्ण ऊर्जा प्राप्त भइरहेका छन् र पनि त्यही चिसोको कारण काठमाडौं, पोखरा, दिपायल, कञ्चनपुरदेखि पूर्वी इलाम, धनकुटाको बाक्लो बस्ती र अन्य प्रदूषणका कारण उत्पन्न धुवाँ र धुलो विकीरणयुक्त विषाक्त हावा वायुमण्डलमा फैलिई बाहिर जान सक्तैन । हामीमाथि रहेको वायुमण्डलीय चिसोका कारण त्यो फर्केर हामीमै वर्षन्छ । यो हाम्रो यथार्थ हो र बाध्यता पनि ।

‘जठर’ हुन जठाराग्नि ठीक राख्न हल्का मह, चाकु, रोटीका प्रकार र खान हुनेलाई तिल आदिको लड्डू यस ऋतुका लागि न्याना राख्ने खाद्य परिकारहरू हुन् । विद्युतीय उपकरण आविष्कारका अग्निदेव ‘वडवानल’ हुन् त्यसैले विद्युतीय ऊर्जा उत्पादन, प्रयोग, सही सदुपयोग र बचत सम्बद्ध पक्षले ‘वडवानल’ अग्निको नाम संस्मरण गर्नु उचित हुन्छ

ठाउँअनुसार वास्तु फरक भए पनि अधिकांश सहरी क्षेत्रमा बस्नेहरूले भनौँ हाम्रो परिवेशमा स्नान गर्दा पूर्व वा उत्तर फर्केर गर्नुपर्छ । गिजर सिस्टमलाई पूर्व दक्षिण कोण पारेर राख्नुपर्छ । बाथरुम पूर्व, उत्तर, नैऋत्य वा पश्चिम दिशा पनि राम्रो हुन्छ । शौचालय भने पश्चिम, वायव्य या नैऋत्यतिर राम्रो हुन्छ । चर्पीको प्यान उत्तर दक्षिण फर्केको र ऐना, वासमेसिन भित्ताको पूर्वी पर्खालपटिृ राख्दा राम्रो हुन्छ । सके सधैँ, नसके घरमूलीको सुत्ने कोठा दक्षिण पश्चिम भनौँ नैऋत्यतिर राख्ने गरौँ । सन्ततिको भने पूर्वतिर सिरान हुनेगरी राखौँ । पूजा, सत्संग गर्ने स्थान पूर्व, पूर्वोत्तर गरौँ जसका कारण नवीन ऊर्जा सुरुमै घरमा प्रवेश गरोस् र न्यानो होस् ।

सिधा एसिको मुनि, बत्ती, चिम, विद्युतीय सामग्रीको ठीक तल पर्ने गरी नबस्नोस्, नसुत्नोस् र भेटघाट, बैठक गर्दा पनि यस्तो परिस्थति छ कि छैन विचार गर्नुहा्ेस् । जाडो भयो भन्दैमा आगो, हिटर र हाइएसीमा बस्ने प्रयास नगर्नुहोस् । सकेसम्म शरीरलाई मौसम अनुकूल धान्ने प्रयास गर्नुहोस् । जस्तै ः ऊनीका कपडा, कपासका सिरक वा न्याना कम्बलहरू प्रयोग गरेर । घामले शरीरलाई ताप र भिटामिन दिन्छ तर कार्यालयको काम छोडी घाम ताप्ने बानी राम्रो होइन ।

वास्तुशास्त्रअनुसार खाना पचाउने अग्नि

‘जठर’ हुन जठाराग्नि ठीक राख्न हल्का मह, चाकु, रोटीका प्रकार र खान हुनेलाई तिल आदिको लड्डू यस ऋतुका लागि न्याना राख्ने खाद्य परिकारहरू हुन् । विद्युतीय उपकरण आविष्कारका अग्निदेव ‘वडवानल’ हुन् त्यसैले विद्युतीय ऊर्जा उत्पादन, प्रयोग, सही सदुपयोग र बचत सम्बद्ध पक्षले ‘वडवानल’ अग्निको नाम संस्मरण गर्नु उचित हुन्छ । अर्को कुरा मंसिर, पुस र माघ यी तीन् महिना वास्तु पुरुषको शिर दक्षिण हुन्छ र उनको दृष्टि पश्चिमतिर फर्केको हुन्छ, त्यसैले हाम्रा सम्पूर्ण कार्यहरू गर्दा वास्तु पुरुषको शिर र दृष्टितर्फ विचार पुर्याउनु पर्ने हुन्छ । यी तीन महिनामा घर निर्माण आरम्भ गर्नेले सकेसम्म वास्तु पुरुषको शिर भाग पटिृ नै मुख फर्काइ घर, भवन निर्माण गर्ने गर्नुपर्छ ।

खाना पकाउँदा पूर्व मुख गर्नुहोस्, अग्निभयबाट धेरै बँच्न सक्नुहुन्छ । आग्नेय दिशा स्वास्थ्य लाभको क्षेत्र हो । अग्नि देवता नै यसका मालिक हुन् । त्यसैले, जाडोभरि कामकाज वा आराम गर्दा यही दिशा चयन गर्नुहोस् शरीरले चिसोसँग लड्ने क्षमता प्राप्त गर्छ । अस्तु । लेखक वास्तुविद् हुनुहुन्छ

प्रतिक्रिया