महिन्द्राका डिजल जेनेरेटर नेपाली बजारमा

काठमाडौं । महिन्द्रा गु्रप अन्तर्गत रहेको महिन्द्रा पावरले हालै नेपाली बजारमा विभिन्न रेन्जका डिजेल जेनेरेटरहरू ल्याएको छ । २५० देखि ३२० केभिए सम्मका जेनेरेटरहरूमा महिन्द्राका एमपावर सिरिज इन्जिन लगाइएको कम्पनीले जनाएको छ । चेन्नईस्थित महिन्द्रा रिसर्च केन्द्रमा गरिएको खोज तथा अनुसन्धानर पुणेनजिकै अवस्थित चकन प्लान्टमा निर्मित नयाँ रेन्जका जेनेरेटरहरूमा एमपावर सिरिज तथा नयाँप्रविधिहरू युक्त सिआरडि इन्जिनहरू विद्यमान रहेका छन । सहजै एक स्थानबाट अर्को स्थानमा लैजान सकिने ५ केभिएको कम्प्याक्ट जेनेरेटरहरू पनि बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।

सिआरडी इन्जिनसहरू चुस्तएवं विशेष किसिमले निर्माण गरिएको कम्पनीले दावी गरेको छ । जसमा कमल रेल डिजेल इन्जिन प्रविधि प्रयोग गरिएको छ । कम्पनीका अनुसार इन्धन किफायत गर्न तथा ठूला ठूला कार्य गर्नको लागि आवश्यक सिआइडिई प्रविधिको प्रयोग गरिएको छ । यसले उत्सर्जनको मान्यता अनुरूप वातावरण प्रदुषण हुन बाट समेत जोगाउछ । हाल बजारमा ल्याइएको जेनेरेटरहरूमा पनि यही प्रविधियुक्त इन्जिनको प्रयोग गरिएको हँुदा जेनेरेटरहरू आफैमा विशेष बन्नपुगेको कम्पनीले उल्लेख गरेको छ ।

हालै महिन्द्रापावरले नेपाली बजारमा ७ दशमलव ५ केभिए देखि २०० केभिए सम्मका डिजेज जेनेरेटरहरू ल्याएको हो । जस मध्ये ५ केभिए, २५० केभिए र ३२० केभिएका जेनेरेटरहरू नयाँ हुन् । इन्धन किफायती, उचित मूल्य तथा ग्राहकको व्यापारिक क्षमतालाई वृद्धि गर्न अझ केन्द्रित रहँदै आएको छ । महिन्द्रा पावरका डिजेल जेनेरेटर सेटहरू नेपाल अधिराज्यभर रहेका कम्पनीका आधिकारिक सञ्जालमार्फत खरिद गर्न सकिनेछ । कम्पनीका आधिकारिक बिक्री कक्षहरूबाट तुरुन्तै आवश्यक सहयोग एवं विक्री पछिको सेवा पनि लिन सकिनेछ । भारतको अग्रणी कम्पनीको एक हिस्साका रूपमा रहेको महिन्द्रा पावर २००१/०२ देखि आफ्नो व्यापारलाई सशक्त रूपमा फैलाउँदै २०१७÷१८ सम्मआउँदा २०० मिलियन अमेरिकी डलरको बन्नपुगेको छ ।

हाल महिन्द्रा पावरले ५ केभिएदेखि ६२५ केभिए सम्मका डिजेल जेनेरेटरहरू उत्पादन गर्दै आएको छ । महिन्द्राप ावरका जेनेरेटरहरू भारत एवं विश्वभर विभिन्न उद्योगहरू जस्तैः बैंक, निर्माण तथा परियोजना, सार्वजनिक क्षेत्र, अस्पताल, होटेल, घर तथा उत्पादन क्षेत्रहरूमा प्रयोग भइरहेका छन् । महिन्द्राग्रुप २० दशमलव ७ विलियन अमेरिकी डरल पुँजी भएको एक स्वतन्त्र संस्था हो ।

प्रतिक्रिया