प्रधानमन्त्री र राजदूतहरुवीच भेटबार्ता

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री बाबुराम भट्टराई र नेपालस्थित विभिन्न मुलुकका राजदूतहरु वीच सामूहिक भेटबार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटमा भट्टराईले आफू मुलुकमा लोकतान्त्रिक पद्धतिलाई अघि बढाउने पक्षमा रहेको भन्दै सहमतिका लागि पहल गरिरहेको बताएका छन् ।
‘कांग्रेस÷एमालेका कारण जातीय पहिचान सहितको संघीय संविधान जारी गर्न सकिएन,’ भट्टराईले भने, ‘तै पनि संविधानसभाको नयाँ निर्वाचन गरेर निकास दिने पक्षमा छु ।’
उनले निर्वाचन अघि राष्ट्रिय सहमतिको सरकार बनाउन आफू लागी परेको राजदूतहरुलाई जानकारी समेत गराएका छन् ।
भेटमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री बर्षमान पुन तथा अमेरिका, चीन, भारतलगायत झण्डै दुई दर्जन मुलुकका राजदूतहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया