कृष्ण मन्दिरहरुमा पुजा गर्दै भक्तजन (फोटो फिचर)

वीरगञ्ज । कृष्ण जन्मअष्टमी पर्वकाे अवसरमा  वीरगञ्जको घडिअर्वामा रहेको कृष्ण मन्दिर भगवान कृष्णको पूजा आराधना गरी हिन्दु पर्व मनाउँदै छन् ।

कृष्णाष्टमीको उपलक्ष्यमा कृष्णमन्दिरहरुमा भगवान श्रीकृष्णको दर्शन तथा पूजा आराधना गरी दशनार्थी भेला भई प्रवचन, पूजापाठ तथा श्रीकृष्णको रथयात्रा गर्ने र झुला झुलाउने गरिन्छ ।

आइतबार बिहानै देखि वीरगञ्जको घडिअर्वामा रहेको कृष्ण मन्दिर सहित मुलुकभरका कृष्णमन्दिरमा दशनार्थीको घुँईचो लागेको छ । श्रीकृष्णका विविध चित्र तथा झाँक्री ठाउँ–ठाउँमा प्रदर्शन गरिएको छ ।

धर्मशास्त्र अनुसार कंशले भान्जाभान्जीबाट आफ्नो हत्या हुने भविष्यवाणी सुनेर बन्दी बनाएका बहिनी देवकी र ज्वाईका आठौँ सन्तानका रुपमा द्वापरयुगमा अष्टमीका दिन भगवान कृष्णको जन्म भएको मानिन्छ । अन्याय, अत्याचार र आसुरी प्रवृत्तिबाट प्राणीहरुलाई संरक्षण प्रदान गर्न भगवान विष्णुले लिएका दश अवतार मध्ये आठौँ अवतार मानिएका श्रीकृष्ण जन्मेको आजको रातलाई मोहरात्री भनिन्छ ।

कंशको आदेशअनुसार जन्मेका सबै बालकलाई विषाक्त स्तनपान गराउँदै हिँडेकी राक्षसी पुतनालाई बालक श्रीकृष्णले संहार गरेको पौराणीक कथन छ । त्यसैका आधारमा पूतनाको प्रतीकको रुपको लाखेलाई श्रीकृष्णको रथयात्रासँगै नगरपरिक्रमा गराइन्छ ।

कृष्णको जन्मपछि राक्षसको संहार भएको मान्यताका साथ नागपञ्चमीबाट सुरु भएको लाखेनाच पनि आजै समाप्त गरी लाखेलाई सेलाउने चलन छ । आजको दिनले दानवी प्रवृत्तिबाट समाजलाई संरक्षण प्रदान गर्न भगवान श्रीकृष्णले कंश रुपी राक्षसी प्रवृत्तिको अन्त्य गरी समाजलाई शान्ति र सुव्यवस्था प्रदान गर्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया