आज विश्व थाइराइड दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौं । केही समय यता थाइराइड रोगी बढ्दै गएको छ । रोगले विश्वभर प्रभाव परेको छ । यसको प्रभाव नेपालमा पनि निकै बढेको छ । सुक्रबार परेको विश्व थाइराइड दिवसका अवसर पारेर नेपालमा पनि यसरोगका बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

के हो थाइराइड ?

थाइराइड घाँटीमा हुने ग्रन्थी हो, यो रुद्र घन्टीको ठ्याक्कै तल हुन्छ । त्यसले थाइराइड हर्मोन उत्पादन गर्छ । उक्त हर्मनको उत्पादनमा गडबढी भयो भने त्यसलाई थाइराइड लागेको भनिन्छ । कसै–कसैको गन्थ्रीमा ट्युमर पलाएर पनि थाइराइड देखापर्छ ।

खास गरी थाइराइड रोग ३ किसिमका हुने चिकित्सकहरुको भनाई छ । थाइराइड ग्रन्थीले कम काम गर्ने रोग, थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग र थाइराइड ग्रन्थीको क्यान्सर ।

थाइराइड ग्रन्थीले कम काम गर्ने रोगको लक्षणमा धेरै जाडो हुने, शरीर सुन्निने, छाला खस्रो हुने, काम गर्ने जाँगर नहुने जस्ता लक्षण देखापर्छन । त्यस्तै कब्जियत हुने, गलगाँड निस्कने, तौल बढ्ने, महिनावरी गडबड हुने, निःसन्तान हुनु पनि थाइराइड रोगका लक्षण हुन् ।

यस्तै थाइराइड ग्रन्थीले बढी काम गर्ने रोगको लक्षण भने थाइराइड ग्रन्थीले काम गर्ने रोगको लक्षणभन्दा फरक हुन्छ । धेरै गर्मी महसुस् हुनु, पसिना धेरै आउनु, मुटु धकधक हुनु, दिसा धेरै पटक लाग्नु, हात खुट्टा काम्नु, सास फुल्नु, निन्द्रा नलाग्नु हुन् । थाइराइड ग्रन्थीको क्यान्सरका लक्षण भनेका गलगाँड छिटो छिटो बढ्नु, गलगाँड दुख्नु, आवाज परिवर्तन हुनु, खान निल्न गाह्रो हुनु हुन् ।

खानपीनको गडबढी अथवा कमी, बन्दा काउली धेरै खाएर यो रोग लाग्छ भन्ने भ्रम रहेको छ । तर, बन्दा काउली धेरै खाएर यो रोग नलागने चिकित्सकहरु बताउँछन् । यो एक किसिमको अटो इमिनु रोग हो । थाइराइड ग्रन्थीको भाइरल इक्फेक्सनले हुन्छ । केही औषधिको सेवाले पनि यो रोग हुन्छ ।

थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिए बाहिरबाट थाइराइड हर्मोन सेवन गरे निको हुन्छ यसमा अप्रेसन गर्नु पर्दैन । औषधि परीक्षण गर्दा ६ महिनासम्म नियमित रगत जाँच गर्नुपर्छ ।

थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिए कम्तीमा १२ देखि १८ महिनासम्म औषधि खानुपर्छ । यस्तै गरी थाइराइड ग्रन्थीको क्यान्सर भएमा अप्रेसन गर्नुपर्छ । अप्रेसनपछि रेडियो एक्टिभ औषधी प्रयोग गरेमा यो निको हुन्छ ।

प्रतिक्रिया