पार्टी एकता र मुलुकको भबिष्य ?

चमिना भट्टराई
दुई ठूला कम्युनिस्ट पार्टीको एकतापछि नेपाल कम्युनिस्ट पार्टी यतिबेला एशियाकै तेस्रो ठूलो पार्टी बनेको छ । फुट्ने इतिहास धेरै बनाएर बिरलै एकता हुने गरेका कम्युनिस्ट पार्टीको एकताले पार्टीको नेता, कार्यकर्ता एवं शुभेच्छुुकमा खुसियाली छाएको छ । पार्टी एकता घोषण सुन्न व्यग्र्र भएर राष्ट्रिय सभागृह बाहिर झुम्मिएका दुवै पार्टीका हजारौं नेता, कार्यकर्ता र समर्थकमा एक प्रकारको उत्साह देखिन्थ्यो । कयौं कालखण्डमा एउटै पार्टी र एउटै कमिटीमा रहेर सँगै काम गरेका धेरैको पुनर्मिलन देखिन्थ्यो त्याहाँ । आफ्ना विगतका इतिहास सम्झदैँ खुसी साटिरहेका थिए ।

‘बुढाहरुले ढिलै भए पनि राम्रो गरे, हिजोसँगै थियौं फेरिसँगै हुने भयौं’ भन्दै खुसि साट्ने र अंकमाल गर्नेहरुको अनुहारमा एक प्रकारको चमक थियो । उनीहरुमा पार्टी एकताले साच्चै अब मुलुक समृद्धी तर्फ जान्छ भन्ने विश्वास देखिएको थियो । यस्ताको संख्या निकै बाक्लो देखिन्थ्यो । यो एकताले हिजो एउटै थालमा खाएर परिवर्तनका लागि एउटै उदेश्य बोकेर लामोसमय सँगै रहेर छुट्टिएकालाई एउटै स्थानमा ल्याएको छ । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा दोस्रो पुस्ता र त्यपछिका कयौ नेता कार्यकर्ता । कहिले कता कहिले कता हुनेक्रममासँगै हुदै विछोडिएको यथार्थ छ । ती पंत्तिंका कार्यकर्ताका लागि यो एकता अझै सुखद बनेको छ ।

बिहीबार राष्ट्रिय सभागृहको दृश्यले पनि माथिका भन्दा तलका कार्यकर्ता एकताबाट उत्साही छन् भन्ने प्रष्ट पारेको थियो । एकता घोषणा सुन्न बसेका कार्यकर्ताको धैर्यता र उत्सुकता उक्त दिनमात्र गएको १७ असोजमा भएको वामगठबन्धन यता उत्तिकै थियो । वाम गठबन्धनले अब ठूला कम्युनिस्ट पार्टी एक होलान भन्ने आसा बढेको थियो । त्यसैको परिणाम हो, गएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन एमाले र माओवादी केन्द्रले पाएको जनताको विश्वासको मत । त्यही निर्वाचन परिणामले पनि पार्टी एकताका लागि दुवै पार्टीका शीर्ष नेतृत्वलाई दावाव परेको थियो । निर्वाचन परिणाम र जनताको दवावले एकताबाट फर्कने अवस्था कसैलाई थिएन ।

बिहीबार मध्यान्हसम्म जीवित रहेको एमाले र माओवादीले स्वर्गीय जननेता मदन भण्डारीको स्मृतीका दिनमा पार्टी एकता गरेर एसियाकै तेस्रो ठूलो दल बनिरहदाँ यसको प्रभाव नेपालमा मात्र परेको मान्न सकिदैँन । एकताका लागि छनोट गरिएको दिन नेपालको यतिहासमा कालो दिन एकातिर थियो भने अर्को तर्फ मदन भण्डारीको त्याग प्रतिको समर्पण । १९९० मो दशकमा सोभियत संघ विघटन भएर पूर्वी युरोपमा कम्युनिस्टहरु रक्षात्मक अवस्थामा पुगेका थिए । त्यति बेला मदन भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरी यूरोपमा कम्युस्टिहरु रक्षात्मक अवस्थामा रहेको बेला नया ढंगले नेपालको कम्युनिस्ट आन्दोलनलाई विकास गरेका थिए । आज नेपालमा दुई कम्युनिस्टबीचको एकताले विश्वका कम्युनिस्टहरुले सोच्नु र बुझनु पर्ने सन्देश दिएको छ । छिमेकी मुलुक भारतमा हेर्ने हो भने स–साना टुक्रामा रहेका कम्युनिस्टहरुले पनि नेपालको यो एकताबाट पाठ सिक्नुपर्ने देखिन्छ । ‘सय थुकी नदि, एक थुकी सुकी’ लाई व्यवहारमा उतार्न पनि एकता आवश्यक छ ।

एकतामा खुसी हुन, उत्साह देखाउनु राम्रो पक्ष हो । यसका साथै पार्टी एकतापछि बन्ने सांगठानिक संचरनाका बारेमा कयौ अन्यौलतामा भने छ । यदि नेतृत्वले एकता प्रक्रियालाई बलियो बनाउने हो भने हिजो दुवै पार्टीका विभिन्न तहमा रहेका नेता कार्यकर्ताको न्यायोचित व्यवस्थापन गर्नु पर्छ । तत्लोतहका नेता कार्यकर्ताको एकता उत्साहलाई बचाई राख्न नेतृत्वले ध्यान दिनु पर्छ । पार्टी बलियो बनाउनका लागि केन्द्रीय नेतृत्वका साथै सबै तहलाई बलियो र मजबुद बनाउनु पर्छ । यति बेला पार्टी समुन्द्र जस्तै बिशाल बनेको छ । यसले अब मुलुक कता जान्छ भन्ने कुराको समेत संकेत गरेको छ । हिजो एक आपासमा रहेका कयौ तिक्तता र सत्रुतापूर्ण व्यवहारका बीचमा एकताले राम्रो र मित्रवत एकताको आधारमा काम गर्नु पर्ने देखिन्छ । एकताले प्राविधिक रुपमा नभएर भावनात्मक रुपमा काम गर्नु पर्छ । आज एकै ठाउँमा एउटै मिसनमा हिड्नलेहरुका बीचमा हिजो कहिल्यै नमेटिने जसरी कटुतापूर्ण व्यवहार भएकै हुन । तर, त्यो यथार्थ मेटाउन तलका नेता कार्यकर्तामा समस्या हुँदैन भन्ने देखिदँैछ यो एउटा सुखद पक्ष हो । यसको संकेत गएको निर्वाचनमा तल तहका नेता कार्यकर्ताले हिजोको सबै कुटुता बिर्सिएर एकतापूर्णरुपमा लागेर देखाएका थिए ।

नेपाली जनताले कम्युनिस्ट पार्टी र तीनका नेताहरुकै निर्देशनमा धेरै त्याग र बलिदानी गरेका छन् । मुलुकलाई यहाँसम्म ल्याउने कुरामा सबै भन्दा बढी त्याग कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले गरेका छन् । मुलुकका भविष्यका लागि अविचलित रुपमा धेरै त्याग भएको छ । अब भौतिक त्याग होइन बैद्धिक त्याग गरी यो मुलुक समृद्ध बनाउने त्यो अभिभारा कम्युनिस्ट पार्टीका नेताले गर्नु पर्छ । कम्युनिस्ट पार्टी र यसका नेतालाई त्यो हक पनि छ । हिजोका त्यो साच्चै मुलुक बनाउनका लागि थियो नेपाली जनतालाई सुखी र समृद्ध बनाउनका लागि थियो भनेर देखाउने जिम्मा र अवसर कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तामा आएको छ ।
शीर्ष नेताहरुले राजधानीमा त्यो पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेर घनिभुत छलफल गरेर पार्टी एकता गरिरदाँ देशभरका नेता कार्यकर्ता खुसिमा दिपप्रज्वलीत गरिरहेका थिए । विशाल पार्टीले दिपले जस्तै मुलुकलाई उज्जालो भविष्य दिन सकोस भन्ने चाहनामा कहीँ कतै ठेस लाग्ने काम नहोस् । अब साच्चै मुलुक बनाउने जिम्मा हरेक कोणबाट कम्युनिस्ट पार्टीको जिम्मामा आएको छ । हिजोका दिन शीर्ष नेताहरुलाई आरोप लाग्थ्यो, नेताहरु फुटेका कारण यति धेरै कम्युनिस्ट भएर पनि सत्ता गैर कम्युनिस्टहरु चलाएका छन् । जनताको हितमा काम भएको छैन । हो बिगतको त्यही सत्यतालाई हेरेर अब यो मुलुक लामो समय कम्युनिस्टले चलाउने छन् । नेपाली जनताका पक्षमा काम गर्नेछन् भन्ने प्रष्ट भएको छ । यो जताको चाहना र मुलुकको आवश्यकतालाई हेरेर पार्टी अघि बढोस । कस्ले के पायो भन्दा पनि अब यो मुलुकले के पाउँदै छ । मुलुकको भविष्य कस्तो बन्दैछ भन्नेमा नेतृत्वको ध्यान जाओस । [email protected]

प्रतिक्रिया