दाँतलाई यन्त्रको रूपमा प्रयोग नगरौँ


डा. सुवास घिमिरे मुख तथा दाँत रोग विशेषज्ञ
काठमाडौं । दाँत तथा मुख स्वास्थ्यको महत्व तथा आवश्यकताको जोड दिँदै हरेक वर्ष मार्च २० तारिखका दिन विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिएको छ । खानपिन, शारीरिक व्यायाम, र बोलिमा फरकपना ल्याएमा दाँत तथा मुखको मात्र नभई विभिन्न रोगबाट ९० प्रतिशत बच्न सकिन्छ । यदि कसैले नमीठो बोल्यो भने सामान्य कुराले पनि दिनभरी नै मनमा अनेकन कुरा खेल्छ, निद्रा समेत लाग्दैन त्यो मुखको समस्या हो । मुख स्वस्थ राख्न सबै मानिसलाई रहर हुन्छ ।

पहिलापहिला जनचेतनाको अभावमा दाँत नभएर केही हुन्न भन्ने गर्दथे, तर अहिले सचेतनाको कारण कसरी स्वस्थ हुने भन्ने सबैमा छ । समस्या आएपछि मात्रै उपचारका लागि अस्पताल जाने प्रवृत्तिका कारण मुख तथा दाँतका बिरामी दिनप्रतिदिन बढ्दो छ । स्वास्थ्यको हेलचेक्र्याइका कारण ९० प्रतिशत बढी मानिसको दाँत सड्ने, मुख गन्हाउने, गिजाबाट रगत आउने, मुख क्यान्सरसमेत हुने गरेको पाइन्छ । दाँतमा समस्या आउँदा, गिजा तथा मुखमा संक्रमण हुँदा निस्कने विकार रगतमा मिसिएर रक्तचाप, हाडजोर्नी, मधुमेह, मिर्गाैला, मुटु तथा

फोक्सोमा समेत असर गर्छ ।
मुख स्वस्थ राख्ने उपाय
खानापछि सधैँ ब्रस गर्ने ।
दिनहुँ स्याउ खाने ।
गुलियो, चिल्लो कम र बढी कार्बोहाइड्रेड भएको ग्लुकोजयुक्त नखाने ।
चुरोट, रक्सी, गुट्का, खैनी पराग तथा शरीरलाई हानि गर्ने केही नखाने ।

दाँत तथा मुख स्वस्थ बनाउनका लागि बिहान उठेर ब्रस गर्ने, ब्रस गरिसकेपछि मात्रै पानी पिउने, ४० मिनेट व्यायाम तथा पाँच मिनेट योगा गर्ने, हेभी ब्रेक फास्ट गर्ने, बिहान खाना कम तरकारीमा हरियो सागपात धेरै खाने र दाँत माझ्ने गर्नुपर्छ । दिउँसो स्वस्थ हुने रेसादार फलफूल खाजा खाने र खाइसकेपछि मुख खोकल्ने गर्नुपर्छ । बेलुकी सुत्नुभन्दा तीन घण्टा अगाडि खाना खाने र दाँत माझेर सुत्ने गर्नुपर्छ । विश्वासिलो ठाउँमा गएर ६–६ महिनामा स्वास्थ्य तथा दाँतको परीक्षण गराउनुपर्छ । अहिलेको खानपान र बातावरणीय प्रभावले हाम्रो मुख स्वास्थ्यलाई खराब गर्दै शरीरका सबै भागलाई असर गरेको छ ।

खानेकुरा वा मुख स्वास्थ्यलाई जोडेर कन्ट्रोल गर्दा शरीरमा कति इन्फ्लामेसन (सुन्निएको) छ सिआरपी लेबल (सी ¥याक्टिभ प्रोटिन) बिहानको व्यायामले मात्रै पनि ६५ प्रतिशत घट्छ । खानाको सन्तुलनले २५ प्रतिशत सुन्निने कम हुन्छ । व्यायाम, सन्तुलित खाना र राम्रो बोल्ने यी कुरामा ध्यान दिए ९० प्रतिशत रोग सञ्चो हुन्छ, बाँकी १० प्रतिशत रोग निको पार्न चिकित्सककहाँ जानुपर्छ । मुख स्वास्थ्यका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि ‘ह्वाट इज हेल्थ’ भनेको शारीरिक, मानसिक, आर्थिक र सामाजिक यी चारै कुरामा मानिस ठीक छ भने मात्रै त्यो व्यक्ति स्वस्थ हुन्छ भनेको छ । रोग नहुनु मात्रै स्वस्थ होइन ।

मुख नै सम्पूर्ण चिज हो, त्यसैले यसले खाने, बोल्ने र पेटको लागि चाहिने सबै कुरा जाने मुलद्वार हो । मुखबाट राम्रो–नराम्रो खाइन्छ, नराम्रो खाए रोग लाग्छ त राम्रो खाए रोगबाट बच्न सकिन्छ । त्यस्तै मुखले राम्रो–नराम्रो दुबै बोल्छ तर राम्रो बोले राम्रै हुन्छ भने नराम्रो बोले मानसिक तनावमा आएर परिणत हुन्छ । मुखबाट स्वस्थ चिज खाए वा कन्ट्रोल गरे हरेक रोग कम गर्न सकिन्छ । यदि कन्ट्रोल गर्न सकिएन भने शरीरको भित्री अंग वा अरू रोगबाट ग्रसित भइन्छ । हरेक मानिस मानसिक रोगले पीडित हुन्छन, त्यसैले अस्पतालमा गई डाक्टरको मरामर्श हुनासाथ आदि रोग निको हुने गरेको बिरामीहरू सुनाउँछन् । डाक्टरकोमा गएर आदी रोग कम हुनु भनेको नै मानसिक रोगबाट ग्रसित हुनु हो । हामीले खाने÷नखाने दुबै खान्छौँ, त्यसैले खान हुने राम्रो मात्र खाऔँ ।

धूमपान, मद्यपान, पान, पराग आदी स्वास्थ्यलाई बिगार्ने केही खानुहुँदैन । खाने व्यक्तिलाई मात्र नभएर सँगै रहेको अरू व्यक्तिलाई समेत असर पर्ने हुँदा नराम्रो कसैले नखाऔँ । दाँत माझ्दा टोक्ने भाग, गालाको भाग, जिब्रोको भाग, दुई वटा दाँतबीचको भाग सफा हुने गरी माझ्नुपर्छ र खानपानमा विशेष ध्यान दिनुपर्छ । जस्तो खाना खाइन्छ, त्यस्तै मन हुन्छ त्यसैले दिनहुँ स्याउ खाई दाँँत मात्र होइन पेट पनि सफा गरौँ । चपाएर मात्रै खाने, गुलियो चिज र जंकफुड खाँदै नखाने यसो गर्दा विभिन्न रोगबाट बचिन्छ । मुख महत्वपूर्ण मानव अंग भएकाले हामीले मुख स्वस्थ राख्न ध्यान दिनुपर्छ । यदि समस्या आइसकेको छ र दाँत किराले खाएको छ भने उपचार गर्नुपर्छ ।

दाँत निकालेपछि खाली नराखौँ, त्यसले मुखमा असन्तुलन भए पछि गएर टाउको दुख्ने वा अरू कुनै पनि समस्या ल्याउँछ । कतिपय मानिसहरू टाउको दुख्यो भनेर अस्पताल जान्छन्, सिटी स्क्यान, एमआरआई गर्दा रिपोर्टमा केही आउँदैन । त्यसको प्रमुख कारण भनेको दाँत निकालेर नहाल्नु नै हो । गिजाबाट पिप, रगत देखाप¥यो भने संवेदनशील हुनुपर्छ । सामान्य समस्याले पनि गिजाबाट रगत आउने हुन्छ, तर क्यान्सरले पनि रगत आउँछ । मुख सफा नगर्दा पनि यस्तो देखापर्छ । के गर्दा मुख क्यान्सर हुन्छ सबै चुरोट, खैनी खाने मान्छेलाई क्यान्सर हुँदैन तर धेरैजसो चुरोट, खैनी खाने मान्छेलाई नै क्यान्सर हुन्छ ।

कुनै पनि चिज लामोसमयसम्म (इरिटेसन) हुने गरी खानुहुँदैन, यदि खायो भने क्यान्सर जस्तो भयावह चिज उत्पन्न गराउन सक्छ । वर्षौंवर्ष गिजा सुन्नियो, रगत आयो भने गिजामा क्यान्सर हुनसक्छ । सधैँ खैनी खानुहुन्छ र खानेठाउँमा सेतो घाउ आएर बढिरहेको छ भने चाँडै नै उपचार गर्नुपर्छ । छुर्पी खाँदा दाँत चोइटियो, किराले खायो, दुलो परो, तिखो दाँत छ र त्यसले बारबार घोचिरहेको छ भने पनि मुख क्यान्सर हुनसक्छ । बुद्धिबंगारो पलाउँदा दुख्छ तर धेरै दुख्यो र विस्तारै कम होला भनेर हेलचेक्र्याइ गरी उपचार नगर्दा क्यान्सर हुने सम्भावना बढी हुन्छ त्यसैले समयमा नै उपचार गर्नुपर्छ ।

मुख स्वस्थ नराख्दा महिलाहरूमा बाँझोपन हुने सम्भावना बढी हुन्छ तर यो त सामान्य समस्या हो । किनभने भाइरस इन्फेक्सनदेखि लिएर ब्याक्टेरिया इन्फेक्सन मुखमा हुन्छ ।त्यहि कुरा युटेरसमा पनि हुन्छ, शरीरमा त्यहि रगतबाट जाने हो, जसले गर्दा असर गर्छ । यदि हामीले बाटो नै ब्लक ग¥यौँ या स्वस्थ चिज मात्र मुखबाट खायौँ भने बच्न सकिन्छ । नराम्रो मान्छेलाई भित्र आउन नदिने भनेको गेट नै बन्द गरेर नखोल्नु हो त्यहि उपाय प्रमुखद्वार (मुख) बाट अपनाउन जरुरी छ ।

कसरी बच्ने
समस्या के हो सोहीअनुसार उपचार विश्वासिलो चिकित्सककोमा गई गर्नुपर्छ । आजभोलि डाक्टर कमर्सियल हुन्छन्, त्यसैले विश्वासिलो डाक्टरकोमा मात्रै गएर उपचार गनुपर्छ । दाँत, मुख सधैँ सफा राख्ने, रोग लाग्नै नदिने, यदि लाग्यो भने पनि समयमै उपचार गर्नुपर्छ । सुतेको समयमा एनोरोबिक (अक्सिजनमा बाँच्न नसक्ने) ब्याक्टेरिया उत्पन्न हुन्छ । बिहान उठ्नेसाथ ब्रस नगरी पानी पियौँ भने त्यो पेटमा गई असर गर्छ । मुख र दाँतलाई स्वस्थ राख्न धेरै चिसो र धेरै तातो दुबै खानुहुँदैन । दाँतलाई यन्त्रको रूपमा प्रयोग नगरौँ । खान नसक्ने, दाँतले चपाउन नसक्ने वा गाह्रो हुने कुरा नखाऔँ । डा. घिमिरेसँग सौर्य दैनिकका लागि यसिमा महतले गरेको कुराकानीको सार अंश ।

प्रतिक्रिया