माओवादी फुटाउने वैद्य पक्षको तयारी

काठमाडौं, १३ जेठ । एकीकृत माओवादीका उपाध्यक्ष मोहन वैद्य समूहले जातीय पहिचानका आधारमा राज्य पुन:संरचना नभए १४ जेठमा पार्टी विभाजन गर्ने तयारी गरेको छ । यसका लागि उसले ९७ भन्दा बढी सभासद्को हस्ताक्षर संकलन गरिसकेको दाबी गरेको छ । हस्ताक्षर गर्ने सभासद्को नाम गोप्य राखिएको छ ।

स्रोतका अनुसार चार दिनअघिदेखि वैद्य समूहले सभासद्हरूको हस्ताक्षर संकलन अभियान चलाएको हो । सुदूरपश्चिममा शरत्सिंह भण्डारी, मध्यपश्चिममा खड्कबहादर विश्वकर्मा, तराईमा(केही सभासद्) महेन्द्र पासवान, पूर्वमा पार्टी सचिव सिपी गजुरेलले हस्ताक्षर संकलन गर्ने कार्यको नेतृत्व गरेका थिए । संस्थापन पक्षले कांग्रेस–एमालेसित सम्झौता गर्दै जातीय आधारमा राज्य पुन:संरचना गर्ने पार्टीलाइन त्यागे छुट्टै पार्टी बनाउने तयारी वैद्य समूहको छ ।
उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले जातीय आधारमा राज्य पुन:संरचना नगरिए ‘परिणाम गम्भीर हुने’ चेतावनी अध्यक्ष पुष्पकमल दाहाललाई दिइसकेका छन् । उनीहरूले पार्टी निर्णयविपरीत सम्झौता भए सँगै बस्न नसकिने जानकारी अध्यक्ष दाहाललाई दिएको स्रोतको दाबी छ ।
शुक्रबार उपाध्यक्ष वैद्य र महासचिव थापाले अध्यक्ष दाहालसित उनकै निवास लाजिम्पाटमा छलफल गरेका थिए । स्रोतका अनुसार वैद्य समूहले कांग्रेस–एमालेले जातीय पहिचानका आधारमा राज्य पुन:संरचना गर्न अस्वीकार गरे सर्वोच्च अदालतको आदेशअनुसार ताजा जनादेशमा जान अध्यक्ष दाहाललाई आग्रह गरेका छन् । ‘तपार्इंले यसपटक पनि सम्झौता गरे स्थिति गम्भीर हुन्छ भनेर चेतावनी नै दिनुभएको छ,’ स्रोतले सौर्यसँग भन्यो ।
जवाफमा अध्यक्ष दाहालले पार्टीको एजेन्डा र निर्णय स्थापित गराउन आफूले पहल गरिरहेको बताएका छन् । उनले पार्टी विभाजन गर्न हस्ताक्षर अभियान चलाइएको ‘के हो’ भन्दै जिज्ञासा राखेको स्रोतले जनाएको छ । जवाफमा उपाध्यक्ष वैद्यले त्यो हल्ला मात्रै भएको बताएका थिए ।
वैद्यपक्षीय एक नेताका अनुसार संस्थापन पक्ष जातीय आधारमा राज्य पुन:संरचना गर्न तयार नभए पार्टी विभाजन हुने पक्का भइसकेको छ । ‘संस्थापन पक्षले पार्टीको लाइन छाडेर कांग्रेस–एमालेसित अब पनि सम्झौता गर्छ भने सकभर १४ नभएर १५ गते(जेठ)बाट हामी अलग भएर जान्छौँ होला,’ उनले भने ।
यसको छनक पाएपछि संस्थापन पक्ष पनि निकै दबाबमा परेको छ । संघीयतामा दलहरूबीच सहमति गरेर अगाडि बढ्दा पार्टी विभाजन हुने निष्कर्ष उनले निकालेको छ । ‘कुरो त्यही हो, संविधानको मस्यौदा आउने भए पार्टी विभाजनतिर जान्छ, बनेन भने एकै ठाउँ बसेर संघर्ष गरिन्छ,’ अध्यक्ष दाहालनिकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले सौर्यसँग भने ।
वैद्य समूहले पार्टी विभाजनकै उद्देश्यसहित हस्ताक्षर संकलन गरेको गजुरेलले बताए । ‘पार्टी विभाजन नगर्ने भए किन हस्ताक्षर चाहिएको छ, उहाँहरूले हस्ताक्षर संकलन गर्नुभएको छ,’ उनले भने । संस्थापन पक्षले सकभर पार्टी मिलाएर जाने सोच बनाएको उनले बताए ।
हस्ताक्षर संकलन गर्ने कार्य सभासद्हरूलाई झुक्याएर पनि गरिएको संस्थापन पक्षको आरोप छ । शुक्रबार मात्रै सभासद् फरमुद नदाफले विज्ञप्ति जारी गर्दै आºनो हस्ताक्षर पार्टी विभाजनका लागि प्रयोग गरिएको बताएका छन् । केन्द्रीय सदस्य महेन्द्र पासवानले आफूलाई ‘अर्कै उद्देश्य’ले हस्ताक्षर गराएको उनको दाबी छ । ‘०६९/२/१० गते मलाई माओवादीका केन्द्रीय सदस्य तथा सभासद् महेन्द्र पासवानले हस्ताक्षर गराउनुभएको थियो । आज (शुक्रबार) मिडियामा अलग पार्टी दर्ता गराउन हस्ताक्षर अभियान सञ्चालन भएको सुनेपछि म स्तब्ध भएको छु । सकारात्मक कामका लागि भनेर गराएको हस्ताक्षर पार्टी विभाजन गर्ने काममा प्रयोग भएमा मेरो अधिकार कुण्ठित हुने हुँदा त्यसो नगरियोस् भनेर अनुरोध गर्दछु,’ सभासद् नदाफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उता, केन्द्रीय सदस्य यादवले भने संस्थापन पक्षले नदाफको नाममा किर्ते हस्ताक्षर गरेर विज्ञप्ति निकालेको दाबी गरेका छन् । ‘हाम्रो हस्ताक्षर अभियानबाट संस्थापन पक्ष त्यसै तर्सिएको छ । त्यसैले किर्ते विज्ञप्ति निकालेको हो,’ उनले सौर्यसँग भने ।

हस्ताक्षर गर्नेहरू
१) खड्गबहादुर विश्वकर्मा
२) कर्णजित बुढाथोकी
३) धीरेन्द्रकुमारी उपाध्याय
४) नरेश भण्डारी
५) भरतकुमारी रेग्मी शर्मा
६) मायाप्रसाद शर्मा
७) मंगल विक
८) शिवराज गौतम
९) अशोककुमार रोकाय
१० सरला रेग्मी
११) इन्द्रजित थारू
१२) कृष्णकुमार चौधरी
१३) देवीलाल चौधरी
१४) भगतबहादुर बडुवाल
१५) पट्टु थारू
१६) पुरन थारू
१७) तिलक परियार
१८) दामाकुमारी शर्मा
१९) रूपा चौधरी
२०) हरिश ठकुल्ला
२१) एकराज भण्डारी
२२) खुमा सुवेदी
२३) गमबहादुर श्रीसमगर
२४) जयपुरी घर्ती
२५) जोखबहादुर महरा
२६) तारा घर्तीमगर
२७) नारायणप्रसाद अधिकारी
२८) रूपा विक
२९) सन्तोष बुढामगर
३०) सन्तोषी विक
३१) देवप्रसाद गुरुङ
३२) श्रीराम ढकाल
३३) उमा भुजेल
३४) अमृता थापामगर
३५) पर्शुराम रम्तेल
३६) पार्वती थापा
३७) यशोदा सुवेदी
३८) सावित्री गुरुङ
३९) सुरेशकुमार आलेमगर
४०) रामबहादुर थापा (बादल)
४१) चन्द्रप्रसाद गजुरेल
४२) कुमारी मुक्तान
४३) तेजबहादुर मिजार
४४) नीरकुमारी कुँवर
४५) रेणुका चौलागाईं
४६) दावा तामाङ
४७) सविना बराम
४८) निमा लामा
४९ हितमान शाक्य
५०) पम्फा भुसाल
५१) राजकाजी महर्जन
५२) भिक्षु आनन्द
५३) ईश्वरीप्रसाद दाहाल
५४) फरमुद नदाफ
५५) लक्ष्मीकुमारी चौधरी
५६) शिवराम यादव
५७) महेन्द्र पासवान
५८) नारायणप्रसाद शर्मा
५९) सुशीला कन्दङ्बा
६०) पदम राई
६१) मणि खम्बू
६२) रामबहादुर थापा
६३) सावित्रीकुमार काफ्ले
६४) लक्ष्मीदत्त जोशी
६५) डबलबहादुर शाह
६६) शंकर खड्का
६७) हरिलाल थापामगर
६८) देवीलाल चौधरी
६९) वीरमान चौधरी
७०) किरणकुमार राई
७१) दीपकबहादुर केसी
७२) शरत्सिंह भण्डारी
७३) सूर्यबहादुर सेन

प्रतिक्रिया