-नरेन्द्रमान श्रेष्ठ हालसालै प्रदर्शन भएको नेपालिचलचित्र ‘लभ लभ लभ’ को नायक सुरज पाण्डे निर्मात्री शर्मिला पाण्डेका छोरा हुन् । आमा चलचित्रकी निर्मात्री छोरा चलचित्रको नायक । चलचित्रको संसारमा नातावादले जरा गाडेको छ भन्दा फरक नपर्ला । चलचित्र क्षेत्रमा आफन्त हुनेहरूले सजिलै चलचित्रमा प्रवेश पाउन सकिन्छ ।
चलचित्र निर्माण निर्देशन गरिरहेका आफन्त हुनेहरूका लागि चलचित्रमा प्रवेश गर्न त्यति गा¥हो छैन । तर, चलचित्र क्षेत्रमा आफन्त नहुनेहरूका लागि भने आफूसँग प्रतिभा, सुन्दरता, अभिनय क्षमता भए पनि चलचित्रमा प्रवेश गर्नका लागि संघर्ष गर्नुपर्ने हुन्छ । कतिपयले कलाकार बन्नका लागि आफैँले चलचित्र निर्माण गर्ने गरेका छन् ।
चलचित्रहरूमा आशिंक लगानी गर्ने गरेका छन् । त्यसो त कतिपय नायिकाहरूका लागि त चलचित्रमा नायिका बन्नका लागि निर्माता निर्देशकसँग सम्झौतासमेत गर्नुपर्दछ भनेर पनि चलचित्र क्षेत्रमा चर्चा चलिरहने गर्दछन् । तैपनि, कतिपय कलाकारहरू भने आफू चलचित्रमा प्रवेश प्रतिस्पर्धाबाट अडिसन दिएर चलचित्रमा प्रवेश गरेको भनेर मिडियाहरूमा गफ दिन्छन् । नेपालीचलचित्र क्षेत्रमा पछिल्लो समयमा चलचित्रमा प्रवेश गरेका धेरैजसो कलाकारहरू नातावादमा र चलचित्र क्षेत्रमा भएका आफ्ना आफन्तहरूले चलचित्रमा प्रवेश गरेकाहरू नै छन् । हुनत कलिउडमा मात्र नभई हलिउड, बलिउडमा पनि नातावाद कायमै रहेका छन् । चलचित्र क्षेत्रमा आफ्नाआफन्त हुनेहरूले त्यसको लाभ लिन नहुने भने पक्कै होइन ।
तैपनि, चलचित्रमा कलाकार बन्न नायक÷नायिका बन्न आफन्त मात्र भएर पनि पुग्दैन । त्यसका लागि प्रतिभा, सुन्दरता, अभिनय क्षमता तालिमको पनि आवश्यकता पर्दछ । कलिउडमा आफ्ना नातागोता आफन्तबाट चलचित्रहरूमा प्रवेश गर्नेहरू धेरै छन् । तर, यी यस्ता कलाकारहरू चलचित्रमा भने त्यति सफल भने हुन सकेका छैनन् । आफन्तबाट, निर्माता बनेर चलचित्रहरूमा प्रवेश गरेका कलाकार बनेकाहरूले चलचित्रमा निरन्तरता दिन र चलचित्रमा स्थापित हुन सकेका छैनन् । धेरैजसो यस्ता कलाकारहरू एक÷दुई चलचित्रमा नै सीमित भएका छन् भने कतिपय चलचित्रबाट पलायनसमेत भएका छन ।
दुई÷चार कलाकारहरू मात्र चलचित्रमा स्थापित भएका छन् । ०४७ सालतिर बनेको नेपाली चलचित्र ‘युगदेखि युगसम्म’ मा नायक भएर चलचित्रमा प्रवेश गरेका नायक राजेश हमाललाई पनि उसको आफ्नो मामा निर्देशक स्व. दीपक रायमाझीले निर्देशन गरेको ‘युगदेखि युगसम्म’ चलचित्रमा भान्जा राजेश हमाललाई नायक बनाइएको थियो । तैपनि, नायक राजेश हमाललाइ मामाले आफूले निर्देशन गरेको चलचित्रमा नायक बनाएको भए पनि नायक राजेश हमालले नेपाली चलचित्रमा एक दशकसम्म एक छत्र राज गरे भने महानायकको पद्वीसमेत पाए । नायक राजेश हमालले थुप्रै नेपाली चलचित्रहरूमा नायक भएर अभिनय गरे । राजेश हमाल कलिउडको सफल र हिटर कलिउडमा स्थापित नायक हुन् ।
तर, नायक राजेश हमाल पछिल्लो समयमा चलचित्रहरूमा त्यति देखा परिरहेका छैनन् । त्यसैगरी मामा स्व. दीपक रायमाझीले नै चलचित्र ‘प्रेयसी’ मा नायक बनाएका नायक किरण प्रताप केसी भने कलिउडमा सफल हुन सकेनन् । चलचित्र ‘प्रेयसी’ पछि केही नेपाली चलचित्रहरूमा अभिनय गरेका किरणप्रताप केसी चलचित्रमा सफल नभएपछि चलचित्रबाट नै पलायन भए ।
४० को दशकमा निर्माता निर्देशक हेम लामाले चलचित्र ‘आर्दश नारी’ बनाई आफ्नो छोरा विजय लामालाई नायक बनाए । सायद नेपाली चलचित्रको इतिहासमा बाबुले चलचित्र निर्माण निर्देशन गरी छोरालाई नायक बनाएको चलचित्र ‘आदर्श नारी’ नै पहिलो होला । नायक विजय लामाले चलचित्र ‘आदर्श नारी’ पछि केही चलचित्रमा नायक भएर देखापरे पनि विजय लामाको चलचित्रको यात्राले भने निरन्तरता पाउन सकेन ।
हुनलाई त विजय लामा नायकभन्दा पनि पेसाले पाइलट हुन् । यही क्रममा निर्देशक यादव खरेलले आफूले निर्देशन गरेको चलचित्र ‘आँधीबेरी’ मा आफ्नो भतिजा विनोद खरेललाई नायकमा डेब्यू गराए । नायक विनोद खरेल चलचित्र ‘आँधीबेरी’ पछि चलचित्रमा देखा परेनन् ।
आफन्तले कलाकार बनाएका अधिकांश कलाकारहरू रहर र शौखले र चलचित्र क्षेत्रमा आफ्नो आफन्तको उपस्थितिको फाइदा लिनका लागि मात्र कलाकार बनेका थिए भन्दा पनि हुन्छ । ४० को दशकमा निर्देशक हेम लामाले सुरु गरेको परिपाटी अहिलेसम्म पनि चलि नै रहेका छन् । पछिल्लो समयमा त झन् बाबु नायक÷निर्माता गजिट विष्टले चलचित्र निर्माण गर्ने अनि आफ्नो आठ वर्षको छोरा सौगात विष्टलाई निर्देशक बनाउने ।
पछिलो समयमा निर्देशक आकाश अधिकारीले चलचित्र ‘के म तिम्रो होइन र’ मा आफ्नो भतिजा आर्यन अधिकारीलाई नायकमा डेब्यू गराए भने विगतमा थुप्रै चलचित्र बनाइसकेका निर्माता शेखर कोइरालाले आफ्नो छोरा संयोग कोइरालाई चलचित्रमा नायक बनाइसकेका छन् । आफन्त र नातागोताका लागि चलचित्र बनाउने थुपै्र कलाकर्मीहरू छन् कलिउडमा । कतिपय निर्माता निर्देशकहरूले आफू निर्देशक भएको फाइदा लिई आफ्ना छोरा÷छोरीलाई नायक÷नायिका बनाउँछन् त कतिपयले आफ्ना सन्तानलाई कलाकार बनाउनका लागि चलचित्र बनाउँछन् ।
सीमापारिबाट कलिउडमा प्रवेश गरेको निर्देशक शम्भु प्रधानले आफ्नी छोरी ईश्वरी प्रधानलाई चलचित्र ‘सो¥ह वर्षे जोवनमा’ र पत्नी नुतन प्रधानलाई चलचित्र ‘सक्कली नक्कली’ मा नायिका बनाए । त्यसैगरी सीमापारिबाट कलिउडमा प्रवेश गरेका अर्का निर्देशक तुलसी घिमिरेले पनि आफ्नो भाइ श्रवण घिमिरेलाई चलचित्र ‘लाहुरे’ मा नायक पत्नी भारती घिमिरेलाई चलचित्र ‘कोसेली’ मा नायिका बनाए । नायक श्रवण घिमिरे आफ्नो निर्देशक दाइ तुलसी घिमिरेले निर्देशन गरेको चलचित्रमा मात्र अभिनय गर्ने नायकको रूपमा कलिउडमा चर्चित छन् । ४० को दशकको चर्चित नायक भुवन केसीले निर्माण गरेको चलचित्र ‘करोडपति’ मा भुवनले आफ्नी पत्नी सुष्मिता केसीलाई नायिकामा डेब्यू गराए भने नायिका सुष्मिता केसी आफ्नो होम प्रोडक्सनको चलचित्रमा मात्र सीमित भइन् भने निर्माता भुवनले आफूले निर्माण गरेको चलचित्र ‘साथी म तिम्रो’ मा छोरा अनमोल केसीलाई चलचित्रमा पहिलोपल्ट प्रवेश गराए ।
त्यसैगरी ४० को दशकमा कलिउडमा नृत्यांगना नायिकाको रूपमा चर्चित नायिका मौषमी मल्लले आफ्नो छोरा बिक्की मल्ललाई नायक बनाउन चलचित्र ‘समय’ को निर्माण गरिन् भने त्यस समयकी चरित्रअभिनेत्री सुशीला रायमाझीले आफ्नी छोरी प्रशिद्धिका रायमाझीलाई नायिका बनाउन चलचित्र ‘पिँजडा’ को निर्माण गरिन् । कलिउडमा आफूले चलचित्र निर्माण निर्देशन गरी आफन्तहरूलाई चलचित्रमा प्रवेश गराउन कलाकार बनाउने थुप्रै छन् । यसै क्रममा नायक निर्देशक शोभित बस्नेतले छोरी सलिना बस्नेतलाई चलचित्र टिचरमा नायिका बनाइन् भने भाइ जयकिसन बस्नेतलाई चलचित्रको नायक बनाए ।
निर्देशक स्व. शिव रेग्मीले आफूले निर्देशन गरेको चलचित्र ‘सो सिम्पल’ मा छोरी भावना रेग्मीलाई नायिका बनाए भने द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीले आफूले निर्माण निर्देशन गरेको चलचित्र ‘नथिङ इम्पोसिबल’ मा छोरा जर्जी खड्गी र छोरी मोनी खड्गीलाई कलाकार बनाइए । चलचित्र निर्माता उद्धव पौडेलले आफूले चलचित्र ‘कुसुमे रुमाल–२’ बनाई छोरा निरक पौडेललाई त्यसको निर्देशक बनाए । निर्देशक श्याम भट्टराईले निर्देशन गरेको चलचित्र ‘मौसम’ मा आफ्नी पत्नी रञ्जना शर्मालाई नायिका बनाए भने निर्देशक अनिश कोइरालाले निर्देशन गरेको चलचित्र ‘के भो लौ न नि’ मा आफ्नी पत्नी अनुपमा प्रसाईंलाई नायिका बनाए ।
त्यसैगरी निर्देशक गायक किरण प्रधानले आफूले निर्देशन गरेको चलचित्र ‘कस्तुरी’ मा आफ्नो भाइ अजय शेखर प्रधानलाई नायक बनाए । यसको साथै कलिउडमा थुप्रै यस्ता कलाकर्मीहरू छन् आफू नायक÷नायिका बन्नका लागि निर्देशक बन्नका लागि आपैmँ चलचित्र निर्माण गर्ने गर्छन् । तर, धेरैजसो यस्ता कलाकर्मीहरू भने चलचित्र क्षेत्रमा स्थापित भने हुन सकेका छैनन् ।
प्रतिक्रिया