अधिकांश विद्यार्थीमा कम तौलको समस्या

मिना बुढाथोकी
सल्यान । सल्यानको ग्रामीण तहमा पढ्ने अधिकांश विद्यार्थीहरु कम तौलको शिकार हुने गरेको देखिएको छ । ग्रामीण तहमा रहेका विद्यालयमा अध्ययन गर्ने ५ देखि १९ वर्षका विद्यार्थीहरुको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षणको क्रममा यस्तो तथ्य खुलेको हो । ‘स्वास्थ्य परीक्षणको क्रममा सामेल विद्यार्थीहरुमध्ये दुईतिहाइमा यस्तो समस्या देखिएको हो’ कुमाख गाउँपालिका–७ जिमालीको स्वास्थ्यचौकीका अहेव केशर बोहराले भने, ‘विद्यार्थीहरुमा कम तौल र ख्याउटेपना देखिएर यस्तो विकराल स्थिति होला भनेर कसैले सोचेको पनि थिएन ।’

जिल्ला शिक्षा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको समन्वय तथा सेभ द चिल्ड्रेन र दलित विकास समाज सल्यानको साझेदारीमा सञ्चालित एकीकृत परियोजनाको सबैका लागि सिकाइ परियोजनाको सहयोगमा कुमाख गाउँपालिका–७ का तीन वटा विद्यालयले विद्यालय स्वास्थ्य तथा पोषण शिविर सञ्चालन गरेका थिए ।

सो क्रममा स्वास्थ्य परीक्षण गरेका २ सय १० विद्यार्थीमध्ये विएमआई ९दयमथ mबकक ष्लमभह० १ सय ३१ विद्यार्थीको न्युन देखिएको थियो । उमेर अनुसार तौल, तौलअनुसार उँचाइ र उमेरअनुसार उँचाइ नहुँदा विएमआई न्युन हुने गर्दछ । त्यसमध्ये ६७ जनाको गम्भीर न्युन र ६४ जनाको मध्यम न्युन देखिएको थियो ।

सो क्रममा जिमालीका जनता आधारभूत विद्यालय स्यानीजिमाली, विर्केनेटी आधारभूत विद्यालय विर्केनेटी र महेन्द्र मावि जिमालीमा विद्यालय स्वास्थ्य तथा पोषण शिविर सञ्चालन गरिएको थियो । अभिभावकहरुले विद्यार्थीलाई खाजा बनाएर पठाउने चलन छैन विर्केनेटी आधारभूत विद्यालयका प्रधानाध्यापक डिल्लीबहादुर बुढाथोकीले भने विद्यालयमा खाजा खानका लागि कुनै खाजा पसल पनि छैन । आपूmहरुले विद्यार्थीहरुले विद्यालयमा खाजा खान नपाउँदा यस्तो विकराल अवस्था होला भनेर कहिल्यै नसोचेको उनले बताए ।

विद्यालयमा बालबालिकाहरुको यस्तो स्थिति देखेपछि अन्य विद्यालयमा पनि विद्यालय स्वास्थ्य तथा पोषण शिविर राखेर बालबालिकाहरुको स्वास्थ्य स्थितिमा सुधार ल्याउने आपूmहरुले सोचेको सेभ द चिल्ड्रेनकी जिल्ला संयोजक विमला सुवेदीले बताइन् ।
कतिपय अभिभावकहरुले खाजाको सट्टा पैसा पठाउँछन् जनता आधारभूत विद्यालयका प्रअ जनकराज डिसिले भने पैसा भएकाले चाउचाउ विस्कुटजस्ता जंकफुड खान्छन् पैसा नहुनेहरु भोकभोकै हुन्छन् ।

जंकफुडको निषेध गरेर घरमै बनाएको पोषिलो खाजा पठाउने हो भने बालबालिकाहरुको तौलमा सुधार हुने र उनीहरुको विएमआई बढाउन सकिने जिमाली स्वास्थ्यचौकीका अहेब बोहराले बताए । सोही क्रममा विद्यार्थीहरुको आखाको जाँचसमेत गरिएको थियो । आँखा जाँच गरिएकामध्ये आँखाको सामान्य समस्या देखिएका २७ जना र गम्भीर समस्या देखिएका १ जनालाई आँखा उपचार केन्द्रमा रिफर गरिनुका साथै कक्षाकोठामा पहिलो बेञ्चमा राख्ने प्रतिबद्धता विद्यालयले जनाएका छन् ।

प्रतिक्रिया