नाच्दा नाच्दै मानिस मर्न थालेपछि …


एजेन्सी
काठमाडौं । जुलाई १५१८, फ्रान्सको स्टार्सवर्ग सहरमा एक्कासि एक महिला नाच्न थालिन् । कैयौँ दिन बित्दा पनि ती महिला नाचिरहेकी थिइन् । एक सातभित्रै अन्य सय जना पनि यसरी नै नाच्न थाले ।

त्यो वेला यहाँका अधिकारीहरूलाई लाग्यो की यो रोगको निदान पनि रात–दिन नाचेरै हुनेछ । उनीहरूलाई एउटा छुट्टै कोठामा लगियो । नाच्ने क्रम नरोकियोस् भनेर त्यस कोठामा बाँसुरी, ड्रम बजाउने मानिसको पनि व्यवस्था गरियो । पेसेवर नर्तकलाई पैसा दिइयो कि नाच्नलाई हौसला दिइरहून् भनेर ।

तर, केही दिनपछि कमजोर मानिसहरू मर्न सुरु भयो । अगस्त १५१८ को अन्त्यसम्ममा करिब चार सय मानिस यस्तो पागलपन रोगको सिकार भए । अन्त्यमा उनीहरूलाई ट्रकमा राखेर स्वास्थ्य केन्द्रमा लैजानुप¥यो । सेप्टेम्वरदेखि यो रोग निको हुन सुरु भयो । तर, युरोपमा यस्तो रोग फैलिएको यो पहिलोपटक भने थिएन । सन् १५१८ भन्दा पहिल्यै १० पटकजति यस्तै रोग फैलिसकेको थियो ।
सन् १६७४ मा आजको बेल्जियमको कैयौँ सहर यस्तो रोगको चपेटमा परेका थिए । तर, १५१८ को घटनाबारे मात्रै धेरै अभिलेख पाइन्छ । तर, निश्चित रूपमा युरोपमा यो पहिलो र अन्तिम घटना भने थिएन ।

यस रोगका विषयमा अनेकौँ अडकल आज पनि गरिँदै आइएको छ । कसैले रगतमा एक किसिमको जीवाणुको आक्रमणलाई मानेका छन् कसैले धर्मका कारण त कसैले अन्य । कसैले यसलाई एक किसिमको मास हिस्टेरिया मान्दै आएका छन् । यो सम्भव छ किनभने १५१८ ताका स्टार्सवर्गका विपन्न मानिसलाई भोक, रोग र आध्यात्मिक निरासाले गाँजेको थियो । कतिपयले यी नर्तक अवचेतनका अवस्थामा थिए भनेका छन् । किनभने एक चेतनशील मानिस त्यतिका समय नाच्न सक्दैन । यस्तो अवस्था त्यस्ता मानिसमा हुन्छ कि उनीहरू धेरै तनावमा हुन्छन् कि त आध्यात्मिक ध्यानको अवस्थामा ।

त्यतिखेर स्टार्सवर्गको अवस्था त्यस्तै थियो । उनीहरू मानसिक रूपमा तनावमा थिए, खडेरीको समस्या र कतिपय रोगव्याधिले ग्रस्त थिए । यसबाहेक यहाँका मानिस ‘सेन विटो’ नामका एक सन्तप्रति विश्वास गर्थे, जो उनीहरूको दिमागमा नियन्त्रण गर्न सक्थे र उनीहरूलाई यसरी नचाउन सक्थे । श्रापका डरले पनि मानिसलाई अवचेतनको अवस्थामा पु¥याउन सक्छ । जसलाई एकपटक यस्तो हुन्छ ऊ दिन–रात नाचिरहन्छ । यो भन्न सकिन्छ कि यो रोग निराशा र डरको परिणाम थियो ।

यस्तो रोगको महामारी समाप्त हुँदै जानुलाई मानिसमा धार्मिक मान्यतामाथिको विश्वास बिस्तारै कम हुँदै जानुलाई पनि मान्ने गर्दछन् । परिवर्तनका लागि आन्दोलन हुन थाले, मानिसले कुनै सन्तको मार्गनिर्देशन मान्न अस्वीकार गर्न थाले । मानिसहरू कुनै आध्यात्मिक वादको अन्धानुकरणभन्दा तार्किक र वैज्ञानिक आधारमा विश्वास गर्न थालेपछि यस्तो रोगको अन्त्य भएको मानिन्छ ।

प्रतिक्रिया