ढाका, २८ पुस । बङ्गलादेशको राजधानीको एक भवनलाई घेरा हालेर सुरक्षा अधिकारीहरुले चलाएको सुरक्षा कारबाहीका क्रममा संदिग्ध तीन मुस्लिम आतङ्ककारी मारिएका छन् ।
केही मुस्लिम आतङ्ककारीहरु लुकेर बसेको सचूना प्राप्त भएपछि ढाकाको तेज्गाओन क्षेत्रमा शुक्रबार सो सुरक्षा कारबाही चलाइएको थियो ।
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको सरकारी निवास भवन अगाडि रहेको रुबी भिल्ला नामक पाँच तल्ले भवनबाट शवहरु निकालिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
मारिएका यी संदिग्ध आतङ्ककारीहरुको परिचय भने तत्काल नखुलेको बताइएको छ । गएको केही वर्षयता बङ्गलादेशमा इस्लामिक आतङ्ककारीहरुको झडप बढ्दै गएको पाइन्छ ।
सन् २०१६ को जुलाई महिनामा ढाकाको एक रेष्टुरेन्टमा भएको आतङ्ककारी आक्रमणमा १७ विदेशीसहित एक होटलमा रहेका २० पाहुना मारिएका थिए ।
त्यसैगरी सो आक्रमणपछि भएको सुरक्षा कारबाहीमा परी सो हमलामा संलग्न रहेको ठानिएका थप पाँच आतङ्ककारी मारिएका थिए ।
प्रतिक्रिया