एजेन्सी
टोकियो । अमेरिकी युट्युब स्टार लोगेन पौलले आफ्नो एक भिडियो लास देखाएकाले माफी मागे । यो भिडियोमा उनले जापानको ओकिगाहारा जंगलमा एक व्यक्तिको शव देखाएका थिए, जसले आत्महत्या गरेका थिए । पौलले यो भिडियो आफ्नो साथीसँग खिचेका थिए, जसमा उनी हाँसिरहेका देखिएका थिए ।
भिडियो अपलोड गरेपछि उनले इन्टरनेटको दुनियाँमा कडा आलोचना खेप्नुप¥यो । कतिपयले उनलाई ‘अपमानजनक’ र ‘घृणित’ भने, जसका कारण उनले त्यो भिडियो मात्र हटाएनन्, माफी पनि मागे । उनले माफी माग्दै भने, ‘मेरो उद्देश्य आत्महत्या रोक्नका लागि जागरुक बनाउनु थियो, प्रोत्साहन गर्ने होइन ।’ ट्विटट गर्दै पौलले भनेका थिए, ‘त्यो जंगलमा लास देखेर म आश्चार्यचकित भएँ, त्यसैले मबाट यो गल्ती भयो । मैले यो भिडियो पोस्ट गर्नुहँुदैनथ्यो । मैले त्यो लास देख्नासाथ क्यामेरा हटाउनुपथ्र्यो र रेकर्डिङ बन्द गर्नुपथ्र्यो । म यस कुरालाई अलग्गै तरिकाले गर्न सक्थेँ, जुन मैले गरिन । म आत्मग्लानी महसुस गर्दै छु ।’
तर, जापानको यो जंगल कुन हो र जसलाई ‘सुसाइट फोरेस्ट’ अर्थात् आत्महत्याको जंगल भनिन्छ ? ओकिगाहारा जंगलमा लास पाइनु सामान्य कुरा हो । यहाँ हरेक वर्ष सयौँ मानिसले आत्महत्या गर्छन् । यो जंगल टोकियोबाट सय किलोमिटर टाढा फुजी पहाडभन्दा उत्तरमा छ । यहाँ हरेक वर्ष ७५ देखि सयले आत्महत्या गर्छन् ।
यो यति घना जंगल छ कि, हावा पनि राम्ररी छिर्न सक्दैन । यहाँ जंगली जनावर नरहेने भएकाले धेरै शान्त छ । यहाँ कैयौँ चट्टानी गुफा पनि छन् । अमेरिकाको फ्रान्सिकोको गोल्डेन गेटजस्तै यो जापानी जंगलमा पनि कुख्यात छ, जहाँ मानिस आफूलाई समाप्त गर्दछन् । यो जंगलको मृत्युको कथामा आधारित फिल्म ‘द फरेस्ट’ पनि बनिसकेको छ, जुन २०१६ मा रिलिज भएको थियो । यो जंगलमा हुने आत्महत्या रोक्न प्रशासनले अनेकौँ प्रयास गरेको छ । जंगलको प्रवेशद्वारमै सूचनाबोर्ड टाँगिएको छ । जसमा लेखिएको छ, ‘एकपटक फेरि आफूसँग भेटौँ र आफ्नोे जीवनबारे सोचौँ । आफ्ना बाबुआमा, दाजुभाइ, बहिनीबारे साचौँ । सबै कुरा एक्लै सहनुभन्दा पहिले कसैसँग सम्पर्क गरौँ ।’ सूचना बोर्डमा सहयोगका लागि एक फोन नम्बर पनि दिइएको छ ।
भनिन्छ, जापनका मानिस एउटा कथाबाट प्रेरित भएर यहाँ प्राण त्याग गर्न आउँछन् । सेइचो माट्सुमोटोको कथा ‘कुरोई जुकाई’ (द ब्लाक सी अफ ट्रिज) १९६० मा छापिएको थियो । यो कथाको अन्त्यमा एक प्रेमजोडी ओकिगाहारा जंगलमा आएर आत्महत्या गर्छन् । केही मानिसको भनाइमा यो जंगलमा आत्महत्याका लागि प्रयोग गरिएको परम्परा १९औँ शताब्दीको ‘उबासुते प्रथा’बाट आएको हो । भनिन्छ, यो प्रथाका अनुसार खडेरी वा अनिकालका समय इच्छामृत्युका लागि वृद्धवृद्धालाई यो जंगलमा छोडिने गरिन्थ्यो ।
यहाँसम्मकी १९९३ मा प्रकाशित एउटा पुस्तक ‘द कम्प्लिट ह्यान्डबुक अफ सुसाइट’मा ओकिगाहारालाई मर्नका लागि परफेक्ट स्थान भनिएको छ । यो पुस्तकमा झुन्डिएर मर्नुलाई ‘वर्क अफ आर्ट’ भनिएको छ । यो पुस्तकको लाखौँ प्रति बिक्री भएको थियो, पछि जापान सरकारले प्रतिबन्ध लगायो ।
संसारभरमा करिब आठ लाख मानिसले प्रतिवर्ष आत्महत्या गर्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा धेरै आत्महत्या गर्ने पाँच देशहरूमा जापान पनि पर्दछ । सन् २०१५ मा जापानमा आत्महत्याको दर अन्य विकासशील देशभन्दा धेरै थियो । टोकियोको टेम्पल युनिभर्सिटीका मनोवैज्ञानिक वतरू निसिदा भन्छन्, ‘एक्लोपन र निराशा आत्महत्याका मुख्य कारण हुन् ।’ यी विशेषज्ञ भन्छन्, ‘जापानमा अधिकांश वृद्धवृद्धाको मृत्यु आत्महत्याबाट हुन्छ ।’ वतरू भन्छन्, ‘एक्लै बसेका वृद्धवृद्धा आत्महत्या गरिरहेका छन् । उनीहरूका छोराछोरी बाबुआमालाई हेरचाह गर्दैनन् ।’
प्रतिक्रिया