चौधरीले प्रतिनिधिसभामा विजयी भएको प्रमाणपत्र बुझ्न नपाउने

काठमाडौं, ९ पुस । प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका रेशम चौधरीले निर्वाचनमा विजयी भएको प्रमाणपत्र नपाउने भएका छन् ।

टीकापुर घटनाका मुख्य अभियुक्त भनी वारेन्ट जारी भएपछि फरार रहेका चौधरीले वारेस मार्फत विजयी भएको प्रमाणपत्र लिन नपाउने भएका हुन् ।

सर्वोच्च अदालतले अदालत प्रशासनले वारेसमार्फत प्रमाणपत्र पाउँ भनी दिएको रिट दर पीठ गरेको निर्णयलाई सदर गर्ने आदेश सुनाएपछि उनले वारेस मार्फत प्रमाणपत्र लिन नपाउने भएका हुन् ।

न्यायाधीश टंकप्रसाद मोक्तानको एकल इजलाशले सर्वोच्च प्रसासनको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णयलाई कानुन सम्बत् ठहर गरेको हो ।

प्रतिक्रिया